आइतवार, फाल्गुन ११, २०७६
नुवाकोटको तारुकामा २२ हल गोरु जुधाइयो, तस्बिरमा हेर्नुहोस् - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

नुवाकोटको तारुकामा २२ हल गोरु जुधाइयो, तस्बिरमा हेर्नुहोस्



नुवाकोट । नुवाकोटको तारुकामा विगतका वर्षहरुमा झै यसवर्षपनि गोरु जुधाएर रमाइलो गर्दै माघेसंक्रान्ति पर्व मनाइएको छ ।

पछिल्लो एक दशकयता तारुकाको गोरुजुधाइ प्रतियोगिता चर्चित बन्दै गएको छ । यही गोरुजुधाइ प्रतियोगितामा हेर्नकै लागि काठमाडौँसहित विभिन्न जिल्लाबाट मानिसहरु पुग्ने गरेका छन् ।

बुधबार स्थानीय चन्दनीस्थित मैदानमा आयोजित गोरु जुवाइ प्रतियोगितामा यसवर्ष २२ हल गोरु जुधाइएको माघे संक्रान्ति गोरु जुधाइ मेला आयोजक समितिले जनाएको छ ।

करिब दुई सय वर्षको इतिहास बोकेको उक्त मेला पछिल्ला वर्षहरुमा पनि उत्तिकै लोकप्रिय छ । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह मावली घर नुवाकोट जाँदा उनको मनोरञ्जनका लागि गोरु जुधाएर देखाइएको र त्यसपछि सर्वसाधारणको मनोरञ्जनका लागि पनि गोरु जुधाउने परम्परा सुरुवात भएको हो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology