बिहिबार, फाल्गुन १५, २०७६
भारतको कोठीमा नेपालका चेलीको संख्या उल्लेखनिय - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

भारतको कोठीमा नेपालका चेलीको संख्या उल्लेखनिय



बिदुर – भारतको बेश्यालयमा नेपालका चेलीको संख्या उल्लेखनिय रहेको शक्ती समुहले जनाएको छ । आधुनिक दाशता र मानव बेचबिखनको संस्थाले क्षेत्रमा लामो समयदेखी कृयाशिल संस्थाले बिदुरमा संचारकर्मीहरुबिच गरेको अन्तरकृया कार्यक्रममा संयोजक दिलिप कोईरालाले भयावह अवस्थाबारे जानकारी दिनुभएको हो ।

सामाजिक संजालको प्रयोगका कारण पनि कतिपय किशोरी तथा महिला बेचबिखनमा परेको बताउँदै उहाँले अब सन्तान चलाउने सामाजिक संजालमा अबिभाबकले निगरानी गर्नुपर्ने बताउनुभयो । चालु आर्थिक बर्षमा मात्र भारतका कोठीहरुबाट १४ देखी १८ बर्ष सम्मका ११ किशोरीहरुको उद्धार गरेको संयोजक कोईरालाले बताउनु भयो ।

शक्ति समूहका अनुसार ती किशोरीहरुलाई पशुलाई खुवाउने क्याल्सियम औषधि सेवन गराई शारीरिक बनावटमा विकास गरि देह व्यापारमा लगाएका स्वास्थ्य परीक्षणबाट थाहा भएको जनाएको छ ।

कार्यक्रममा कार्यक्रम संयोजक सम्झना प्रसाईले दुप्चेश्वर गाउपालीकाका सबै वडाहरु र तादी गाउपालीकाको २ नम्बर वडा, पंचकन्याको ४ र शिवपुरीको १ मा शक्ति समुहले कार्यक्रम संचालन गरिरहेको जानकारी दिनुभयो ।

महिलाको शसक्तिकरण तथा शिप बिकासका तालिम मार्फत यसको अन्त्य गर्न सन्चारमाध्यमको महत्वपुर्ण भूमिका रहनुपर्ने प्रसाईले वताउनुभएको छ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology