बुधबार, चैत्र २६, २०७६
पञ्चकन्या चेयरम्यान कप भलिबल प्रतियोगितामा कती भयो खर्च ? - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

पञ्चकन्या चेयरम्यान कप भलिबल प्रतियोगितामा कती भयो खर्च ?



पञ्चकन्या – सिंहदरवारको अधिकार गाउँगाउँसम्म पुर्याउन बनेका स्थानीय सरकार र यसलाई संविधानले प्रत्याभुत गरेको अभिकारको सुची हेर्दा लाग्छ नवगठित नगरपालीका र गाउँपालीका राज्यको शक्तीशाली इकाई हो । केन्द्र र प्रदेशबाट आउने अनुदान तथा आन्तरीक स्रोतबाट संकलन हुने राजश्व स्थानीय सरकारका आर्थीक स्रोत हुन । कानुनले प्रदान गरेका आर्थीक स्वायत्तताको प्रयोग भनौँ या दुरुपयोग पछिल्लो समय प्राप्त बजेट जनप्रतीनिधिले इच्छाएको ठाउँमा खर्च भइरहेको छ ।

नागरिकहरु सामान्य स्वास्थ्य उपचार नपाएर छटपटाइरहने, विधालयहरु शिक्षक र पुर्वाधारको अभावमा पिल्सिरहने तर गाउँपालीकाहरु पैसाको आहालमा डुबे जसरी फजुल खर्च गर्ने क्रम बढेको छ ।

पन्चकन्या गाउँपालीकाले यहि माघ २५ गते देखि २८ गतेसम्म आयोजना गरेको भलिबल प्रतीयोगीताको तामझाम, तयारी र प्रचारप्रसार हेर्दा केन्दीय सरकारले गरेको राष्ट्रीय स्तरको प्रतीयोगीताको झल्को दिन्थ्यो । आन्तरीक स्रोतबाट नगन्य कमाई हुने र माथिल्लो सरकारले अनुदान बापत प्रदान गरेको बजेटको सिलिङबाट ठुला प्रतीयोगीता सन्चालन हुनु गाउँपालीकाको मनमौजी त होईन भन्ने प्रश्न उब्जिएको छ, यसको उत्तर गाउँपालिकाले दिनुपर्दछ ।

गाउँपालीकाले आयोजना गरेको भलिबल प्रतीयोगीताको उद्घाटन र समापनमा बोलाईएका शिर्ष नेता प्रचण्डदेखि रामचन्द पौडेललाई गाउँपालीकाकै खर्चमा हेलिकप्टर चार्टर गरेर ल्याइएको हो ।

राजधानीको टोखा हुदै छहरेबाट खेल आयोजना गरिएको मीश्रगाउँ पुग्न गाडीबाट २ घण्टाको समय लाग्छ । तैपनी महङ्गो खर्चमा हेलिकप्टर चार्टर गरेर किन ल्याईयो, प्रश्न आयोजकसामु तेर्सीएको छ । जहाज उडाउन महङ्गो पर्दछ, उड्ने प्रत्येक मिनेट र खपत हुने प्रत्येक थोपा इन्धन बहुमुल्य हुन्छ । प्रचण्ड लिएर आएको हेलिकप्टर कार्यक्रम स्थलमा नझारेर पहिला गाउँपालीकाको अस्थायी कार्यालय रहेको घलेभन्ज्याङ लगिएको छ ।

पालीका कार्यालय जानुअघी संघिय सासद हितबहादुर तामाङको दाइको घरमा लगेर स्वागत गरीएको छ । (हेर्नुस तस्विर)

घलेगाउँबाट मिश्रगाउँ पुग्न गाडीमा २०/२५ मिनेट लाग्ने भएपनी हेलीकप्टरबाट लगीएको छ । प्रमुख अतिथीलाई हेलिकप्टर ल्याण्ड भएको ठाउँवाट कार्यक्रम स्थलमा ल्याउन पनी छुट्टै गाडी मगाइएको छ । प्रमुख अतिथी प्रचण्डलाई बोक्नमात्र मगाईएको उक्त गाडी प्रचण्ड फर्केपछी फिर्ता पठाईएको स्रोतले बतायो । दुई मिनेट गुडाउने प्रायोजनका लागी छुट्टै गाडी ल्याउनु आवश्यक थिएन, एक स्थानियले भने ।

सडक सुधार गर्ने भन्दै खर्च, हालत उहि

छहरेदेखि राष्टीय मावी सम्मको सडक सुधारका लागी खोलीएको टेन्डर गाउँपालिकाकै जिम्मेवार ब्यक्तिले हात पारेको बर्षौँ भईसकेको छ तर भिआईपी आउँदा सडक गतिलो पार्नुपर्ने भन्दै गाउँपालीकाबाट खर्च गरीएको स्रोतले जनाएको छ । भिआईपी आगमनलाई सहज बनाउन बाटो सुधारको लागी पैसा हालिएको हो । भिआईपीलाई प्लेनबाट ल्याइयो सडकवाट होईन, सडक सुधारमा कती खर्च गरिएको छ र कुन प्रकृयाबाट खर्च गरिएको हो स्पश्ट पार्नुपर्ने स्थानियको भनाई छ ।

कार्यक्रम हुँदा देखिएका को हुन यि ब्यक्ती ?

कार्यक्रम सन्चालन अवधिभर मन्चमा एक नयाँ अनुहारको दौडधुप खुव देखियो । न उनि जनप्रतिनिधी वा सरकारी कर्मचारी थिए । बिजेतालाई प्रदान गरिने ट्रफिदेखी प्रमाणपत्र, पुरस्कारको पैसा निकाल्ने दृश्यमा यि पात्र अगाडी आए । देख्दा यस्तो लाग्थ्यो कि उनि आफैँ गाउँपालिकाका कार्यकारी अधिकृत हुन या पालिकाका प्रमुख । स्रोतका अनुसार कार्यक्रमको सेटिङदेखी हेली चार्टर र सडक सुधार्न डोजर चलाउने कामको जिम्मा उनैले लिएका थिए ।

लिखु खोलाको पुल नजिकै मापदण्डविपरित सन्चालनमा रहेको नाटेश्वरी क्रशरका सन्चालक रहेका उनी नाताले हितवहादुर तामाङका भतिजा हुन ।

गाउँपालिकाका उपाध्यक्ष सिता पराजुली खड्काका अनुसार यि ब्यक्ती जननीर्वाचित होईनन्, ब्यबस्थापन समिती अध्यक्षबाट छानिने पन्चकन्याका शिक्षा समिती सदस्य हुन ।

खर्च त न्युनीकरण गर्नुपर्ने विषय हो । खर्च गर्न चाह्यो भने भएभरको पैसा खन्याउँदा पनी पुर्ण नहुन सक्छ । खेलाडीलाई तयारी स्वरुप महिनौँ अगाडी देखि क्याम्प बनाएर खेलमैदानमा राखिएको छ । उनिहरुको खाना, आवास, कपडा र प्रशिक्षण लगायतमा निकै पैसा खर्च भएको छ । कार्यक्रमको व्यवस्थापनदेखि खेलाडी परिचालनसम्म खटिएका एक स्थानीयवासीले नाम नराख्ने सर्तमा भने; गाउँपालीकाले खेल तयारीको नाउँमा अचकाली खर्च गर्‍यो, ६-७ लाख यिनीहरुले नै खाए होलान उनले भने ।

खेल मैदान बाहीरको मानीसले हेर्न मिल्ने गरी प्रोजेक्टर जडान गर्न कबिलासका वडाध्यक्षले कार्यकारी अधिकुत नरेश पुडासैनीलाई आग्रह गरेपनी पत्रकारको सल्लाहमा महङ्गो पर्नेभन्दै रोकियो ।

खेलकुदको विकास कि राजनिती !

आफ्नो कमजोर प्रभाव रहेको कबिलासमा तामझामपुर्ण कार्यक्रम गरेपछी बलियो बन्न सकिन्छ भन्ने लागेको पो होकी ? मन्चमा आसनग्रहण गराउनेदेखि खादा र माला लगाइदिँदा सम्म होस या अतिथी सत्कारको पंतिमा बस्दा होस अन्यलाई मिनिमाईज गरिएको गुनासो छ ।

मन्चका उद्घोषक तथा गाउँपालिका कार्यकारी अधिकृत नरेश पुडाशैनीले के बोल्ने, क-कसको नाम बोलाउनेमा पनि प्रभावित पारिएको तथ्यहरु फेला परेका छन । पछाडी पार्न मन भएकालाई मन्चमा नबोलाउने, ज-जसको सम्भावना कम छ, उनिहरुलाई फुरफुर पार्न सरकारी कर्मचारीकै प्रयोग पो गरियो कि ? संघ र प्रदेशबाट आएका स्थायी कर्मचारी र भर्ती गरिएका करार र महिला कर्मचारीलाई निर्देशित तरिकाले काम गराईएको असन्तुष्टहरुको भनाई छ ।

खेलकुदको बिकास गर्न आयोजना गरिएको प्रतियोगितामा अन्य उदेश्य लुकेको होकी भन्ने आशंका गर्ने ठाउँ छ । काङ्ग्रेसका एक स्थानिय नेताले भने, “कार्यक्रम सन्चालन हुँदा भएको खर्च विवरण, व्यक्तिगत ठेक्कामा रहेको सडकलाई पालिकाबाट के कती बजेट हालिएको हो, त्यसको यथार्थ विवरण आयोजकले जनसमक्ष ल्याउनुपर्दछ । गाउँपालिका, वडा कार्यालयमा कार्यरत कर्मचारीलाई पालिकाकै खर्चमा एउटै सेटको सुट, प्यान्ट, महिला जनप्रतीनिधी र कर्मचारीलाई साडी दिईएको छ । अध्यक्षदेखी जनप्रतिनिधीहरुलाई कपडा र सवारी साधनका नाममा गरिएको खर्च विवरण माग्ने नभए सुचनाको हक अनुसार अगाडी बढ्ने उनिहरुले वताएका छन ।

गाउँपालिकाका उपाध्यक्ष पराजुलीका अनुसार अस्थायी कर्मचारी र सम्पुर्ण जनप्रतिनिधीलाई एउटै ड्रेसकोड बनाउन मात्र गाउँपालिकाकै खर्चमा कपडा दिईएको हो, अन्यथा होईन । पालिकामा ५-७ जना जती कर्मचारी करारमा राखिएको छ, सबैलाई सुट-प्यान्ट र महिला कर्मचारीलाई साडी दिईएको हो, उहाँले भन्नुभयो ।

चेयरम्यान कप गर्ने भनेर बजेटमै रकमको ब्यबस्थापन गरिएको थियो, त्यति पैसाले त पुगेन, अब बस्ने गाउँसभाको बैठकमा कती खर्च लाग्यो हिसावकिताव खोज्छु, उपाध्यक्ष पराजुलीले भन्नुभयो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology