बुधबार, चैत्र २६, २०७६
नुवाकोट घर भई मनमैजु बस्ने राजेन्द्र मिश्रले दिए एक महिनाको डेराभाडा छुट - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

नुवाकोट घर भई मनमैजु बस्ने राजेन्द्र मिश्रले दिए एक महिनाको डेराभाडा छुट



काठमाडौं – कोरोना भाइरस संक्रमणको डरले काठमाडौं छाडेर घर फर्कनेहरूको घुइँचो बढ्दो छ। अत्यावश्यक वस्तुको अभाव र मूल्य वृद्धिले सर्वसाधारण मर्कामा छन्। दैनिक कमाइ गरेर घर चलाउनुपर्नेलाई यो समय कठिन हुन्छ। कति त आम्दानी सुकेर घरभाडा तिर्न सक्दैनन्। यस्तो बेला घरबेटी र डेरावालको सम्बन्ध राम्रो नभए काठमाडौंमा बस्नै मुश्किल पर्छ।

यो संकटको घडीमा नुवाकोट कबिलास घर भई मनमैजु बस्ने राजेन्द्र मिश्र घरबेटीको निम्ति उदाहरण बनेका छन्। उनले आफ्नो घरमा डेरा बसिरहेका परिवारलाई एक महिनाको डेराभाडा छुट दिने घोषणा गरेका छन्।

मिश्रले फेसबुक पोस्टमार्फत् सार्वजनिक रूपले यस्तो घोषणा गरेका हुन्।

आधारभुत स्वास्थ्य बिकास कार्यक्रमका अध्यक्ष मिश्रले आफ्नो घरमा डेरा लिई बस्ने परिवारहरुलाई केहि राहात होस भनी मासिक भाडा छुट दिएको जनाएका छन ।

तारकेश्वर नगरपालिका वडा नं ९ नविननगर मनमैजुस्थित घरमा बसेकाहरुलाई एक महिनाको भाडा छुट दिएको र अरु घरबेटिलाई पनि सकेको छुट दिन मिश्रले आग्रह गरेका छन ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology