बुधबार, चैत्र २६, २०७६
कोरोना रोकथाम एवं उपचार कोषमा प्रदेश सांसद बद्री मैनालिको १ लाख सहयोग - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

कोरोना रोकथाम एवं उपचार कोषमा प्रदेश सांसद बद्री मैनालिको १ लाख सहयोग



नुवाकोट – नुवाकोटबाट निर्वाचित प्रदेश सभा सदस्य बद्री मैनालीले संघीय सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा एक लाख एक हजार एक सय रूपैयाँ जम्मा गर्ने भएका छन ।

सांसद मैनालीले आफूले नेपाल सरकारले स्थापना गरेको केन्द्रीय राहत कोषमा एक लाख एक हजार एक सय रूपैयाँ जम्मा गर्न लागेको बताएका हुन ।

उनले विश्वमा माहामारीको रूपमा फैलिरहेको कोरोनाको रोकथाम तथा उपचार कोषमा सहयोग गर्न पाउँदा खुशी लागेको भन्दै सबै नागरिकले सरकारको अनुरोध स्वस्कार गरी केही दिन घरभित्रै बसेर सहयोग गरिदिनुपर्ने बताए ।

सांसद मैनालीले बागमती प्रदेशको कोषमा सांसदको १५ दिनको तलब बराबरको रकम जम्मा गर्दैछन । कोषमा विभिन्न संस्था र व्यक्तिले सहयोग जम्मा गरेका छन ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology