बुधबार, चैत्र २६, २०७६
नुवाकोटमा काठमाण्डौ र बिदेशवाट फर्केकाहरु जथाभावी तास खेल्दै हिँड्दै, स्थानियहरु त्रसित - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

नुवाकोटमा काठमाण्डौ र बिदेशवाट फर्केकाहरु जथाभावी तास खेल्दै हिँड्दै, स्थानियहरु त्रसित



नुवाकोट । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण बिदेशवाट आएका र काठमाण्डौबाट गाउँ फर्किएकाहरुले हेलचेक्राई गर्दा स्थानियहरुमा त्रास उत्पन्न भएको भटिएको छ ।

खाडी मुलुक र छिमेकी इण्डियामा अहिले कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको र त्यहाँबाट गाउँ फर्किएकामा संक्रमणको जोखिम भएपनि उनीहरु क्वारेन्टाइनमा नबसिदिँदा समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् ।

सरकारले भारतसँगको सीमानाका बन्द गर्नुअघिसम्म भारतबाट करीब २०० जनाको हाराहारीका मानिस तारकेश्वरमा फर्किएको तारकेश्वर गाउँपालिकाका प्रमुख रमेश वस्तीले जानकारी दिए ।

उनले भारतसहित अन्य मुलुकबाट हालै घर फर्किएकाहरु क्वारेन्टाइनमा बस्नुपर्ने भएपनि नबसेको गुनासो आएको भन्दै यसविषयमा गाउँपालिका गम्भीर रहेको बताए ।

‘गाउँ फर्किएकाहरु क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने भएपनि नबसेको गुनासो आएको छ, हामीले रोग लागेका नै मान्छे आएका भन्न खोजेका होइन तर सम्बन्धितलाई सावधानी अपनाउन भनेका छौं’, उनले भने, ‘सम्झाइ बुझाइ गरिरहेका छौं तैपनि उहाँहरु क्वारेन्टाइनमा नबसेकाले अब कसरी अघि बढ्ने भन्नेमा हामी छलफलमा छौं ।’

कतार एयरलाइन्सको बिमानबाट आउनेमा तारकेश्वरका एक युवा पनि रहेको आफूले जानकारी पाएको भन्दै वस्तीले उनीसँग सम्पर्कको पटक पटक प्रयास गरेपनि सम्भव हुन नसकेको बताए । कतार एयरलाइन्सको विमानमा आउने एक नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएकाले यसबारे गाउँपालिका गम्भीरताका उनीसँगको सम्पर्कको प्रयासमा लागिपरेको वस्तीले बताए ।

पन्चकन्या गाउँपालिका वडा नंवर १ स्थित राईगाउँका एकजना बैदेशिक रोजगारीबाट फर्केपनी क्वारेन्टाईनमा नबस्दा छिमेकिहरु डराएको जिल्ला समन्वय समितीका सदस्य जगदिश फुँयालले जानकारी दिए ।

राजधानीबाट गाउँ फर्किएका बभिन्न ब्यक्तीहरु अहिले कबिलासको बिभिन्न गाउँमा समुह वनाएर तास खेल्ने र जथाभावी हिँड्ने गरेको पाइएको फुँयालले वताए ।

गाउँपालिकामा अहिलेसम्म कोरोनाको संक्रमण कसैमा नदेखिएपनि सावधानी अपनाउन गाउँपालिकाले थप पहल गर्नुपर्ने कबिलासका पुर्व गाबिस अध्यक्ष माधव खनालले सुझाव दिएका छन ।

बाहिरी मुलुकबाट गाउँ फर्किएकालाई गाउँपालिका र वडाले अनिवार्यरुपमा क्वारेन्टाइनमा राख्नुपर्ने तथा लकडाउन पूर्णरुपमा कार्यान्वयन हुनुपर्ने भएपनी त्यसो गर्न नसकेको खनालको भनाई रहेको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology