बिहिबार, अशोज २, २०७६
नुवाकोटेहरुको राजनिती, लाहुरेको भरिया : नारायण नेपाल -

नुवाकोटेहरुको राजनिती, लाहुरेको भरिया : नारायण नेपाल



नारायण नेपाल, नुवाकोट –

नेपाली समाजमा लाहुरे शब्द निक्कै चल्तीको शब्द हो । कतिपय सन्र्दभमा लाहुरे हुनु भनेको अल्लारे अपरीपक्क मान्छे भन्ने बुझाई समेत थियो समाजमा । मुख्त भारतिय पल्टनमा नोकरी गरेको नेपाली जवानहरुलाई लाहुरे भनेर चिन्ने गरिन्थ्यो । त्यही पल्टनेहरुको चर्चीत लोक गितचलेको थियो ।

पल्टनको लाहुरे दाई
छोटो जिवनलामो छ सम्झना
भन्दिए सबैलाई

नेपालमा यो लाहुरे शब्द भारतबाट आएको हो । उतिबेला भारतको पञ्जाबको राजधानी हाल पाकिस्तानको एक शहर हो । त्यही पुगेर फौजि ,मजदुरी नोकरी गरी नेपाल आउनेलाई लाहुरे भन्न थालीयो । लाहुरे हुनेको संस्कार लाहुरेहरुले ल्याउने संस्कृतीको बेग्लै प्रभाव र पहिचान बन्दै थियो नेपाली समाजमा । लाहुरे सान लाहुरे रवाफ अहिलेको मलेसीया कतार दुवई समाजिक मिडीयाको भेलले बगाएको छ ।

नुवाकोटमा लाहुरे राजनितीको इतिहास कथा किस्साहरु रोचक नै छ । प्रलेसको जिल्ला सम्मेलनमा गरम गरम बहस भएको थियो । लाहुरे र दाउरे भन्दै दाउरेहरुको प्रतिनिधी बनेका क्षितीज थापामगरलाई सो मोर्चा जिम्मा लगायौ । तर त्यसले हावा खायो । कुन संससारमा विलाय कुन्नि उनी । हामी लाहुरे विरोधिहरुलाई जिल्ल पारेका थिए ।

नुवाकोट मध्यकालमा उपत्यकाको उपनिवेश थियो । प्रजातन्त्र आगमनको प्रातःकालमा काठमाण्डौबाट भरतसम्सेर राणाको दलबल लखटने केही घण्टाको साहस गरे तर पछि भरतसम्सेरले दाउरेहरुलाइै नै खेदेका थिए ।

२०१५ साल पश्चिम १ नम्बरका संसदहरु गोर्खा दलका नेता भरतसम्सेर राणाका बाउ थिए मृगेन्द्रसम्सेर राणा ,काठमाण्डौका लाहुरे ,अर्का थिए देवविर पाण्डे गैरीधारा काठमाण्डौकै , काठमाण्डौमै ज्ञानेश्वरमा जन्मिएका डा.प्रकाशचन्द्र लोहनी २०२८ सालको स्नातक चुनाव लडे र २०३३ सालमा गाउफर्कको चुनाव लडेका थिए । पराजित भएर मुद्धा चलीरहदा २०३६ सालमा जनमत संग्रह भयो । २०३८ सालमा उनले चुनाव जितेका थिए । उनले जति आफुलाई नुवाकोटे दाबि गरेपनि उनका बाबुले पाएको राजपुरेतको नामको विर्ता जग्गा हो नुवाकोटे हुनुको साइनो । पञ्चायती राष्टवादले हाम्रा बाउ बाजेहरुलाई उनै रसियन कम्युनिष्टको र विद्धवानको भरीया बनायो ।

२०४६ पछि बहुदलआए संगै के के न होला भन्दै उफ्रनेहरुको हुल ठुलै थियो । तर काग्रेसमा पञ्चायति लाहुरे आए सबैलाई पेलपाल प।रे जतिबेला कम्युनिष्टहरु पञ्चकाग्रेसी भन्ने आरोप लगाउदै सराप्दथे उनीहरुलाई । लाहुरे हुनु ,लाहुरे आउनु जानुको उत्साह कम्ती थिएन समाजमा गितनै थियो ।

लाहुरे आज घर फर्कीयो ,नाचि नाचि रमाई
कान्छि सग बिहे गर्न ,सुनको सिक्री कमाई

तर राजनीतिका लाहुरेहरु आए । हुल हुज्जत गरे बाटो छेके पैसाको खोलो बगाए रवाफ देखाए । पद हत्याए टिकट किने नेता भए । भोट किने नेता भए लाहुरेहरुलाई भोट बेच्नविवस भुइमान्छेहरु गाउ पाखा पखेरामै थिए । तर लाहुरेहरुले धरातल विर्सन थाले । एडिबिले पाकिस्तानि लाहुरे बनाएको डा.रामशरण महत आए २०४८ सालमा नेता हुन । रामशरण महत आए नुवाकोट उतिबेला काग्रेस जिल्ला समितीले निर्वाचन मार्फत नेता छानेर पुछारमा नाम राखेका उनै महतले टिकट पाए ।लाहुरे सामु कस्को के लाग्छ र । २०४६ पछि विदेशिएका भाई महत प्रकाशरण पनि ०५६ मा नेपाल आए र राजनिती थाले न कुनै चुनाव सदावाहर नेता बने सत्ता र शक्तिमा रहेर सुपरपावर भए । दाजु र भतिजलाई मैदानमा उतारेपछि राजधानि शहरतिर लाहुरे बन्न गएका उनको राजनिती बचाउने नुवाकोट काग्रेसको झगडाको बिउ रोप्न थालिएको छ , त्यो कति सम्म चल्लने हो हेर्न बाकी छ । अन्तरघातको खेलोमेलो चलेकै छ ।

गाउ र जिल्लामा एक दुई रोपनि पाखो समेत बेचेर राजधानी छिरेका लाहुरेहरु धेरै छन् र र तिनीहरु अधिकाश राजनितीमा हाबि भएका छन् । अब पनि हाबि हुन खोज्दै छन् ।

गाउको चार रोपनि पाखो बेचेर शहरमा अपाटमेन्ट फल्याटर चार आन पस्नेहरु सबै लाहुरे नै हुन । टाउकोमा चश्मा लगाएर विजुली चम्कीए झै आकल झुकल जिल्ला फर्कनेहरु सबै लाहुरे नै हुन ।

जिल्लाको राजनितीक मैदानमा अपवादमा नारायण खतिवडा मात्र यस्ता पात्र हुन कि जस्तो देखिन्छन् । विगतमा एमाले संसोधनवादी र माओवादी क्रान्तिकारीको विभाजनकारी रेखाबन्दीको आखाले हेर्दा । उनको के कुरा प्रस्ट थियो भने क्रान्तिका आर्दशवादी नेताहरु गासबासको चिन्ता र राजनितीकको विडो थाम्ने चुनौतीको सागरमा तैरीरहेका छन् । उनि एक त्यस्ता पात्र हुन जो दिनमा एक लट घासपानि भकारो र स्याउलाको भारीसगै जिल्लाको राजनिती धानिरहेका थिए । अब माननिय भएपछि शहरीया लाहुरे बन्नु बाध्यता नै भयो होला बाकि दिन हेर्नै बाकी छ ।

नेकपा,मसाल देखिका माओवादी सतिसाल श्रीकृष्ण अधिकारी विवेक शर्मा ,मुकुन्द पौडेल,सुवास तामाङ लगाएतका नेताहरु बाम गठबन्धनका नाममा दाम गठबन्धनको हावाले नराम्रोगरी पछारीएका छन् । उठेर धुलो टक्टक्याउने प्रयास समेत गर्दैन्न ।

अब माओवादी राजनीतिमा त्याग आर्दश वलीदानलाई जतिनै लातमारे पनि मालिकहरुको चरणमै दण्डवत गर्दै लाहुरेहरुको भरीयाका जुनि ब्यातित गर्नुको विवसतामा बाधिएका छन् ,आधुनिक युगका दास र भरियाहरु सो बेइमान समयको प्रभाव हो ।

अमेरीकन कर्पोरेटहरुले अमेरीकामा जग्गा दलालि टम्पको सत्ता ल्यायो यता नेपालमा बामगठबन्धनले नामुदका जग्गा दलालि देखी मान्छे दलालि सम्मको सत्ता ल्याएको छन् । अमेरीकन लाहुरे मोहन आर्चय अमेरीकी डलरमै राजनीति किन्न सकिने रहेछ भन्दै सपनाको गुलाब मग्मगाउदा मख्खै छन् ।

निस्वार्थ र्हेर्ने हो भने ब्यवहार कथा ब्याथा उस्र्तै छ चाहे जो सुकै हुन को कागे्रसी हुन किन को कम्युनिष्ट नामधारीहरु , हिजो ०५४ साल पछि एमाले छाडेर माओवादी तीर लाहुर जानेहरुको हुल ठुलै थियो । जिल्लामा एमालेमा उम्रदै टुसाउन थालेको कार्यकताहरुको कलिलो मुना निमोठीयो । आज जंगली लाहुरेहरु पुरानो घर आउन थालेका छन् । अब गाउ सदस्यसम्म हात लाउन नपाउनेहरुले कता लाहुर जाने जोखाना हेर्दै छन् आज भोली । हुनत बासी मोई र छोडेको पोईकोले मन मुखै अमिलो पार्छ भन्ने उखानै छ गाउघरमा ।

आज राजनीतिमा लाहुरेहरुले नै बहसको विडो थामेको छन् । विचारको विउ बोकेका छन् कोही तोरी लाहुरे छन् कोही छोरी लाहुरे छन् । हिजो सामन्तका हलि भरीया हुक्के बैठके हुदै रमाउने संस्कारका हामी आज राजनितीक लाहुरेका भरीया हुदा खुबै उफ्रेका छौ चम्केका छौ ,नाचेका छौ खुसीयाली अलापेका छौ र थाकेका छौ । तर हामीलाई के थाहा छ कि हामीलाई नचाउदै नचाउदै उफारेर धापमारेको भरमा जुनि बिताई दिन्छन् यि लाहुरेहरुले भनेर । तैपनि हामीलाई गर्भ छ लाहुरेको भरीया हुनु पाउनुमा यो जुनीमा ।

उस्तै छ्न जनता उस्तै छ पिडा गोरी मेन्दो मैच्याङ मलेसीया कतार दुवई तिर लाहुर गएकी छे । च्याङवाहरु पनि कोरीया कतार खाडीलि तिर पुगेका छन् लाहुर गएका छन्् । हाम्रो विजुली समेत भातर तिर लाहुर गएको छ । ध्याङस्वारका अध्याँरा बस्तीहरु भुलेर बटार विदुरमा उरनठेउले आधुनिकताको र रवाफ देखाउदै छौ ,बाकी हामी तोरी लाहुरेहरु चाही । साच्चै भारीयाले भारी बिसाए जस्तो कहिले विसाउने होला सामन्त र दलालहरुको भारी हामीले यो गितमा झै

भरीया दाईले विसाउने भारी
सुनमाया डाडैको चौतारी

हाम्रा बाउ बाजेले बोकि आएका युगौ देखीको लाहुरेका भरी आज पनि लच्याङबासीले बोकी आएको भैरविको रथ जस्तो हामी बोक्दै छौ आधुनिक भरीया भएर । अझ बाजेदेखी नातिसम्म तिनै पुस्ताले एकै लाहुरे पञ्चायति लाहुरेका भारीबोकरहेका छौ छाप ठोकीरहेका छौ र स्वाभिानको अपनवायु निकालेर सुुगन्ध लिदै छौ लोकतन्त्रको । स्वाभीमानको सानले लाहुरे नफिकीएको के मतलब हामीलाई त्या गित गाउने जिम्मा कलाकारको

पानि पयो असिना दर्कैर
गयो लाहुरे आएन फर्केर

धन्न नुवाकोटका हामी धेरै सहनशील छौं । त्यसैले त कुनै नेतालाई कालोमोसो पनि दल्दैनौं, कसैको टाउको पनि फोर्दैनौं । भाषण सुन्छौ र गटटटट ताली बजाएर बस्छौ ।

हाम्रो यिनै कमजोरीको फाइदा हिजोका नेताहरुले उठाएका हुन् । हामीले राजनीतिको कमण्डलु भिरेर अलोक निरन्जन गर्दै युद्धको रथ हाक्यौ , चुनावाका कौडा खेल जितायौ तर हामीले मृगले झै आफुसंग रहेको विनाको मुल्य चाल नपाएर भौतारी रहयौ । समाजमा थोरै तर प्रभावकारी काम गर्नसक्ने केही मान्छे भए समाज नया ठाउमा पुग्छ ।

(प्रस्तुत बिचार लेखकका निजी हुन । )

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology