आइतवार, भदौ १, २०७६
जानिराखौ यि प्रेरक भनाइहरु , तपाइलाई सफलताको प्रेरणा दिनेछ -

जानिराखौ यि प्रेरक भनाइहरु , तपाइलाई सफलताको प्रेरणा दिनेछ



आफ्ना गोप्य कुराहरु कसैलाई नभन्नु , त्यसले तिमीलाई नष्ट गर्दिन सक्छ । –चाणक्य

सपना देख्न धेरै सजिलो छ, तिम्रो परिक्षा त तब शुरु हुन्छ जब , तिमी सपना पुरा गर्न काम गर्न थाल्छौ । –बेयर गिल्स

जित्नु सबैकुरा होइन तर जित्ने साहस राखेर अगाडी बढ्नु सबै कुरा हो । –विनसे लोमार्दी

सधैँ खुसी रहुँ तर कहिल्यै पनि सन्तुष्ट भएर नबस । –ब्रुस ली

यदि तिम्रो जीवन बाट कोही जान्छ भने निराश नहोउ, त्यो ठाउँ योग्य व्यक्तिको लागि खाली भएको र उ आउँदैछ ढुक्क हौं । –पाउलो कोएल्हो

ठुलो पहाड चढेपछि थाहा हुन्छ , चड्न बाँकी अरु थुप्रै पहाडहरु रहेछन् । –नेल्सन मण्डेला

तिमीले त्यहाँ समस्या छ भन्ने सोच्यौ भने तिम्रो सोचमै समस्या छ । –स्टेफन काभे

यदि कुनै युवतीको दोष जान्नु छ भने उसको प्रशंसा उसको साथीको सामुन्नेमा गर । –बेन्जामिन फ्रयाङ्कलिन

आफ्नो दोष खोजेर निकाल्नु नै ज्ञानवीरको काम हो ।-स्वामी विवेकानन्द

आफ्नो जतिसुकै गल्ती भए पनि मानिस उनान्सय प्रतिशत अवस्थामा आफूलाई दोषी देख्दैन ।-डेल कारनेगी

अरुको दोषमा ध्यान दिदाँ हामी आफूलाई भलाद्मी देख्छौँ । तर जब हामी आफ्नो दोषमा ध्यान दिन थाल्छौँ आफूलाई कुटिल देख्छौँ ।-महात्मा गान्धी

अरुको सम्पत्तिको अपहरण, परस्त्रीसँगको संसर्ग र मित्रहरूप्रतिको शङ्का यी तीन दोष विनाशकारी छन् ।-वाल्मीकि

अपराधभन्दा पनि यो खराब छ त्यो हो त्रुटि ।-एन्थोनी वुलाडिल

यो मानिसको स्वाभाविक प्रवृति हो कि ऊ उदाहरणबाट भन्दा गल्तीबाट बढी सिक्छ ।-फ्रेड होले

केही नगरी बिताएको जीवनको दाजोँमा त्रुटिपूर्ण कार्यले बिताएको जीवन आदरणीमात्र होइन उपयोगी पनि हुन्छ ।-जर्ज बनार्ड सा

गल्ती सत्यको छिमेकी हो, यसलाई नजिक राख ।-रवीन्द्रनाथ टैगोर

जन्मान्धले देख्दैन । त्यस्तै कामान्धले पनि केही देख्दैन । यसै गरी मात्तिएको मान्छेले कोही सोच्दैन भने स्वार्थी मानिस स्वार्थका कारण आफनो दोष देख्दैन ।-चाणक्य

आफनो दोषको निरीक्षण नगरी अरुमाथि दोष लगाउनु व्यर्थ छ ।-बाइबल

कसैप्रति सचेत नहुनु सबभन्दा ठूलो दोष हो ।-कार्लाइल

त्यही मानिस सही काम गर्न सक्छ जो प्रत्येक पाइलामा त्रुटिहरूसँग डराउँछ ।-अज्ञात

उसका गुणहरूप्रति खुब दयालु भइदेउ,उसका दोषहरूप्रति अलिकति आखाँ चिम्लिदेउ ।-प्रायर

अन्धो त्यो हैन जो देख्दैन । वास्तविक अन्धो त्यही हो जो देखेर पनि आफनो दोष लुकाउँछ ।-महात्मा गान्धी

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology