आइतवार, भदौ १, २०७६
युराेप यात्राका यादहरु ! -

युराेप यात्राका यादहरु !



– रामराजा थापा

उमेरमा पैसा नहुने, पैसा हुदा समय नहुने, समय हुदा उमेर र पैसा नहुने।

मानिसको जीवन जन्मदेखि मृत्युसम्मको यात्रा हो । कसैले चाहोस् वा नचाहोस् कालगतिले मरियो भने सबैले बच्चादेखि वृद्घावस्थासम्मको कालखण्ड भोग्नैपर्छ । चाहे धनीको होस् वा गरिबको गहिरिएर सोच्ने हो भने मानिसको जीवन केवल सुखको खोजी हो। यसो गरेर हुन्छ कि उसो गरेर हुन्छ कि, यो पाएपछि हुन्छ कि त्यो पाएपछि हुन्छ कि भन्दाभन्दै मानिसले आफ्नो जीवन बितेको पत्तै पाउँदैन। कति मानिस सुखको अनुभूति गरेर मर्छन् त, यो रहस्यकै विषय हो, तर दु:ख छैन भन्ने मान्छे भेट्नचाहिँ मुस्किलै पर्छ। आफ्नो ज्ञान, शिक्षा, सीप र क्षमताअनुसार जीविकोपार्जनका लागि मानिसले अनेक कर्म गर्छ । हामी सबैसँग मिल्ने यो वास्तविकताले मलाई कहिलेकाहीँ यसरी पोल्छ कि मानौं जसलाई निभाउन बरफका गाेला खानुपर्छ। जोस जाँगरले भरिएको उमेर हुन्छ, घुमफिर, खानपान, साथीभाइसँग रमाउन मन लाग्छ, पकेटमा पैसा हुँदैन। बिहे गर्यो, बच्चाबच्ची भए, घरपरिवारका लागि भन्दै पैसा कमाउन थालिन्छ, अलिअलि जम्मा नि हुन्छ, यसो यताउता घुमघाम गरौं भन्दा समय नै नमिल्ने।

कहिले ब्यापार बाट समय नमिल्ने त कहिले अनेक अल्झन कामको समय नमिल्ने। । समय मिल्ला र जाउँला भन्दाभन्दै उमेर घर्किसक्छ, रहर मर्दै जान्छन्, यो दुई दिने चोला पनि त्यसै बिति जान्छ, पैसा कहिल्यै बच्दैन्, समय कहिल्यै आउँदैन, उमेर फेरि भरिन्न। यस्तो लाग्छ कि, यो उमेर, पैसा र समय भन्ने चीजमा मेल खोज्ने म जस्ताहरू सबै मुर्ख हुन्। उमेर हुँदा पैसा, पैसा हुदाँ उमेर अनि समय हुँदा उमेर र पैसा नहुने रैछ। यी तीन कुराले एकैपटक साथ दिएको सायदै अनुभूति गरिन्छ, यो व्यवहारिक वास्तविकता हो।

गएको असार तेस्रो हप्ता हामीले युरोपका केही देशहरूमा यात्रा गर्ने निर्णय गरियो। सजिलो थिएन यात्राको बन्दोबस्त गर्न। विभिन्न कुरा हरु मिलाएर अब भने समयले साथ दियो, यात्रा हुने भयो। यात्राको लागि हामिलाई काठमाडौको बसन्तपुर स्थित पिपुल्स ट्राभल र ट्राभल्स संचालिका(सुजिता रसाइली गजमेर)ले सबै बन्दोबस्त गरिदिनु भयो।हामीले, समय नि मिलाइयो अब पैसाको कुरा रह्यो। पैसा सबै थोक त हो तर सबै थोक पैसा त हैन। विकसित देशमा घोटिने क्रेडिट कार्डले नसोचिएका र सोचेर नि पुरा नभएका सपनाहरू पुरा गर्न मदत गर्छन्। यसलाई सुविधाका रूपमा मान्नुपर्ला।

जुलाई ५ तारिकमा नेपालको काठमाडौ इन्टरनेशल एयरपोर्टबाट हामी युरोप यात्राका लागि इटलीको मिलानो उड्यौं। अध्यागमन पास गर्दै जहाजको पर्खाइमा थियो।हामी संग करिब ४८ जनाको ग्रुप थियो।लायन्स क्लब अन्तर्राष्ट्रिय को सम्मेलनमा भाग लिन विभिन्न क्लबका साथीहरू यात्राको लागि जानू भएका थिए।यसै क्रममा लायन्स क्लब अटल पिङलास्थान को सस्थापक अध्यक्ष दुर्गा थापा दिदी नेपाल सरकार को अफिसरको रुपमा कार्यरत रहि अध्यागमन मा भेटिनु भयो उहाँ पनि हामी संगै जान लाग्नु भएको रहेछ। विभिन्न क्लबका साथीहरू भेटघाट को क्रममा काभ्रे बाट भोला थापा, पवन कुमार थापा, काठमाडौ बाट कुमार गुरुङ सुमन शेरचन दिपक कार्की, माधब लामिछाने ट्राभल संचालिका सुजिता गजमेर लगायतका साथीहरू को काठमाडौ एरपोर्ट बाट नै अलि घनिष्ट सम्बन्ध सुरुवात हुन थाल्यो। करिब आठ घण्टामा इस्तानबुल पुग्यौं।त्यहा ३ घन्टाको ट्रान्जिट पछि यताबाट बिहान ७:४० उडेका हामी उता पुग्दा बेलुकाको ६ बजेको थियो।र झन्डै साथी हरु जम्मा भएर एयरपोर्ट बाट होटल पुग्दा राती को १० बजिससकेको थियो। युरोप इटाली पुग्दा एउटा कुरा अचम्म लाग्यो। त्यहा रातको १० बजिरहेको थियो।तर घाम लागिरहेको देखियो झन्डै ११ बजे राती सम्म त्यहा उज्यालो हुने रहेछ बिहान ४:३० बजे नै झलमल उज्यालो हुने फरक कुराले युरोपको बिकास को शुरूवात त्यो पनि होकि जस्तो लाग्यो।

हामी पहिलो दिन पुरै थकित अबस्थामा भएका कारण आफ्नो आफ्नो कोठामा आराम गर्न तिर लागियो। कार्यक्रममा जानू पर्ने हुदा बिहान ७ बजे नै ब्रेकफास्ट को लागि ब्रेकफास्ट हल तिर अघि बढेउ सायद हामिलाई त्यो पहिलो दिन अलि अपमान महसुस हुने खालको ब्रेकफास्ट रहेछ।सबै साथीहरू अलि रिसाउनु भयो कसैले खाए कसैले खाएनन बिहान ८:३० बजे होटल बाट कार्यक्रम स्थल तिर लागियो। कार्यक्रमको शुरूवात परेट -याली थियो।सबै नेपाली दाजुभाइ रास्ट्रीय आफ्नो पोसाक दौरासुरुवाल ढाका टोपी र महिला दिदिबहिनी हरु साडी चोलोमा सजिएका थिए।हेर्दा लाग्थो साच्चै हाम्रो पोसाक फरक थियो।बिश्वलाई ध्यानाकर्षण गराएको थियो। नेपालिपन झल्काउने पोसाक लगायर कार्यक्रममा सहभागी भै बिश्वमा नेपाली को पहिचान चिनाउन सफल रह्यो।विभिन्न कार्यक्रम -याली अन्तर्राष्ट्रिय चुनाब नेपालि हरुले आयोजना गरेको नेपाल नाइटमा सहभागी रह्यो।विभिन्न करिब २०० रास्ट्र बाट सहभागी लायन्स हरुलाई हाइ हेल्लो फेलोशिप जस्ता कार्यहरू गरियो।आफ्नो आफ्नो देशको पिन साट्ने काम गरियो।अन्तर्राष्ट्रिय सम्मेलन को अनुभव गरियो।

करिब तीन दिनको कार्यक्रम पछि हामी इटलीको अर्काे सुन्दर सहर भेनिस पुगेका थियौं। मुभिहरूमा देखिने सिनहरू आफ्नै आँखाले देख्ने र हातले छुने ठूलो सपना थियो। यही सपना पुरा गर्न मिलानो बाट २७० किलोमिटर टाढा सुबिधा सप्पन्न बस मार्फत भेनिस तर्फ लाग्यो। यात्रा निकै रोमाञ्चक बन्दै गयो। पहिलो पटक । साढे तीन घण्टामा हामी इटलीको सुन्दर सहर भेनिस पुग्यौं। ग्रयान्ड केनेलहरू भेनिस सहरको हेर्न लायक ठाउँ हो। पानीमा डुंगा मात्र चलेको देखेका हामीहरु नेपालमा ट्याक्सी, बसमा चढेर यात्रा गर्ने त्यहा अनौठो लाग्दा धेरै फरक अनुभव भयो । मुभिमा देखेका दृश्यहरू आफ्नै आँखाले प्रत्यक्ष देख्दा र हातले छुदाँ आनन्द लाग्ने। अझ ती दृश्यहरूलाई व्याकग्राउन्ड बनाएर तस्बिर खिच्दा मन नै दंग।

भेनिसमा पानी माथिका सयौं पुराना भवनहरू देख्दा यस्तो अनुभव हुन्थ्यो, यो गोलो पृथ्वीमा हरेक स्थानको आफ्नै प्राकृतिक वा कृत्रिम सौन्दर्यता छन् जसले त्यस क्षेत्रको महिमालाई अहम बनाएका हुन्।

मन नै लोभ्याउने ती दृश्यहरू जति क्यामरामा कैद गर्दा पनि औंलाहरू नथाक्ने।

सेन्ट मार्को स्क्वायरमा रहेको सयौं वर्ष पुरानो विशाल चर्चमा अवलोकन गर्न र प्रार्थना गर्न आउनेको भीडले धर्मप्रतिको आस्थालाई प्रगाढ गरेको थियो। केनल वरिपरिका साना-साना गल्ली, साना-साना पसलले हामीलाई भने ठमेलको झल्को दिइरहेका थिए।

इटलियनहरूले आफ्नै भाषालाई प्राथमिकता दिएको पाइयो। खानेकुराको लेवरमा समेत उनीहरूको भाषा भेटिनुले यसलाई पुष्टि गथ्र्याे। यात्राका दौरानमा कतिपय स्थानमा भाषाको समस्या पनि भोगियो। एउटा ठूलो ग्रोसरी स्टोरमा साधा पानी किन्न गएको सोडा परेछ। कस्टुमर सर्भिसमा फर्काउन गएको त अंग्रेजी भाषा नै नबुझिने दिदी परिछन्। पछि बुझ्ने वाला आएपछि साटियो। त्यहा २ दिनको बसाइ पछी मेरो सपनाको सहर थियो बिश्वको सुन्दर देश switzerland ।भेनिस बाट भोलि पल्ट त्यसतर्फ लागियो। झन्डै साढे चार घण्टामा पुगिदो रहेछ।हामिहरु zurich switzerland । पुगियो बेलुका त्यहीको सुन्दर सहरहरु अबलोकन गर्दै होटल तिर लागियो। भोलि पल्ट त्यहाँको सुन्दर पहाड चढन ( Mt Titlis) तिर लागियो।बाटो भरी विभिन्न हिमाल हेर्दै सुन्दरता ले भरिएको पहाड हरु हेर्दै हरेक पहाड खोप्दै जताततै बाटो हरु निकालिएको देखियो।भौगोलिक अवस्था हेर्ने हो भने नेपाल र switzerland उस्तै देखिन्छ तर त्यहा को बिकास निर्माण देख्दा मन एकदमै छट्पटी भएको थियो। ठूला-ठूला रेल स्टेशन, जहाँबाट निस्कनै नै समय नलाग्ने। सुन्दर सफा हरियाली मुख्य आकर्षक केन्द्रविन्दु मानिन्छ।यात्राको दौरान कतै हिउँले ढाँकेका बस्ती, कतै स्की खेलिरहेका पर्यटक, कतै डर लाग्दा भिराला, कतै हरिया डाँडा, पाखा दखियो जसले मन साह्रै लोभ्यायो.करिब झन्डै १०० किलोमीटर टाढा माउन्ट टिट्लिस पुगियो।त्यहा केबलकार बाट माउन्ट टिटलिसमा हिउ खेल्न लागियो।लगभग ३ ओटा स्टेशन पछि माथी हिउँले भरिएको सेताम्मै पहाड पुगियो।जहाँ पर्यटक हरुको भिड थियो।बिश्व भरिको पर्यटक देख्न पाहिन्थो।करिब ३ घन्टा हिउँ खेलेर लन्च गर्न तिर लागियो।साथीहरुलाई अलि सूचना हरु सहि नहुदा १६ जना साथीहरू लन्च नगरी तला झरेछन।ती साथीहरू अलि रिसाएका थिए उहाहरुको लागि तल होटलमा खाना ब्यबस्थापन गरेर हामी अर्को स्थान तिर लागियो।त्यस्तै हरियाली बन जङ्गल हरु सुन्दरता मनोहर दृश्य हरु हेर्दै जुरिक फर्कियो। switzerland को २ दिनको बसाइ सकि भोलि पल्ट हामी अर्को गन्तव्य तिर अगाडि बढ्ने क्रममा हिटलर को देश भनेर चिनिने जर्मन तिर लाग्यो।युरोपका सहर बाटा हरु सुरुवाती समयमा बिकाश भएको हामिले महसुस गर्दै हेर्दै हाम्रो यात्रा ३०० किलोमीटर टाढा (Frankfurt german) तिर जाँदै थियो।बाटो भरी साथीहरू बस भित्र नाचगान गर्दै रमाइलो गर्दै थिए।हाम्रो यात्राको क्रममा धनगढीका अशोक पान्डे जि ले पछाडि सिटमा बस्दै सबैलाई मनोरञ्जन को निम्ति आग्रह गर्दै रमाइलो गर्दै थिए।दल बहादुर अर्याल, हरि पान्डे लगायत पछाडी थिए भने दिदीबहिनी हरु सुमन शेरचन,दुर्गा थापा,सुधा थापा,सुजिता गजमेर,सुनिता मरहठा गित गाउदै रमाउदै थिए।करिब करिब ४ घन्टाको बसको यात्रा बाट जर्मन पुगियो।जर्मन बाट दुर्गा थापा दिदि फ्रान्समा भेट्ने गरि छुटिनु भयो।त्यही दिन हाम्रो टिम म्यानेजर बाबु रसाइली सरको जन्मदिन परेको हुदा उहालाई जन्मदिन शुभकामना सहित साथीहरू रमाइलो गरे। केही साथीहरू नाइट क्लब लागे केही नाइट बजार लागे युरोपेली जीवन सैलिको राम्रो अनुभव गरे।जे होस त्यहा बाट यात्रा झन रमाइलो भएको महसुस गरे।जर्मनको बसाई सुखद अनुभुति गरे।

भोलि पल्ट त्यहा सिटि टुर गरेर हाम्रो यात्रा नेदरल्यान्ड तिरको थियो।बिहान ब्रेकफास्ट गरेर हिड्न अलि ढिला भयो केही साथीहरू सपिङ तिर ढिला गरे लामो यात्रा अनि ४८ जनाको ठूलो समुहमा केही न केही फरक अनुभव फरक बिचार देखियो।भनिन्छ आगो पनि नठोसी बल्दैन सायद यस्तै अबस्थामा भयो।केही साथीहरूको त्यो अबस्था पछि सबैलाई समेटेर हाम्रो टुर मेनेजर जि ले सबैलाई सम्झाउनु भयो।केही बेर पछि हामी सिटि टुर तिर लागियो।हाम्रो यात्रालाई रमाइलो बनाउन को निम्ति बाबू रसाइली सर ले हिन्दी गित गाउनु भयो। यात्रा झनै रमाइलो बनाउदै लानु भयो।हामी अब सिटि टुर सकि नेदरल्यान्ड को (Amsterdam) को यात्रामा निस्किदै रमाउदै अगाडि बढेउ। हामी जर्मन को अर्को सहर(cologne)मा गएर लन्च गरियो।लन्च पछि त्यहाको सुपरमार्केटमा सपिङ को लागि १ घन्टा समय दिएका थिए। साथीहरू सपिङ तिर अघि बढे।।अघि बढ्ने क्रममा क्रममा नेपालमा हिन्दु हरुलाई अलि सरकारले धकेल्दै गर्दा त्यहा जर्मनी हरु ठूलो संख्यामा जम्मा भएर भगवान शिबको आराधना गर्दै भजन गाउदै नाच्दै गरेको देख्दा हाम्रो यात्राका साथीहरू सुरज पाठक. भक्ति भुसाल,शान्ती उपाध्याय, राधाकृष्ण उपाध्याय,रजनी बानिया,सबिता न्यौपाने, लब थापा,बिमला पोखरेल,इश्वरी राना लगायत सबैजना नाचेर नेपालको मन्दिरमा जस्तै हिन्दूको जय जयकार गर्दै थिए।एकछिन भए पनि नेपालमा भए जस्तै भयो। १ घन्टा भनेको समय करिब २ घन्टाको घुमघाम पछी हाम्रो यात्रा नेदरल्यान्ड तर्फ बढ्यो।हामी करिब बेलुकीको ६ बजे(Amsterdam) पुग्न सफल भयो।त्यहा फेरि अर्को नौलो अनुभव गर्न पाहियो।जब हामी (Amsterdam) सहर छिर्न थालियो।त्यहा साइकल चड्ने यात्रु को भिड देखेर अचम्म लाग्यो एउटा पुर्ण बिकसित देश अनि त्यहाको जनताको साइकल मोह देख्दा साच्चै अचम्म लाग्यो।त्यहाको सहरमा सडक अनि सडक संगै साइकल को निम्ति छुट्टै बाटो अनि त्यो पछि मात्र पैदल यात्रीको लागि बाटो छुटाएको देखियो।अर्को रोचक कुरा के थियो भने त्यहा साइकल यात्री लाई झुक्किएर कहि अवरोध ठक्कर लाग्यो भने जो ठक्कर लाग्न पुग्छ उस्ले नै ५०० युरो जरिवाना तिर्नु पर्ने रहेछ।त्यो पनि त्यहाको सरकारले लिने र त्यो रकम बिकास निर्माणमा खर्चने रहेछ।त्यहाको जनताले साइकल चढेको देख्दा हाम्रो जस्तो देशमा हरेक नेपालीको २ वटा साधन कार वा मोटरसाइकल किनेर आर्थिक रुपमा अटो मोबाइल तिर लगानी गरि आरामदायी जीवन अल्झिएको महसुस गरे।त्यहाको बजारमा जताततै साइकल पार्क गरेको देख्दा मैले १ जना त्यहाको स्थानीय लाई सोधेको थिए।साइकल करिब १० हजार छन रे।यस्ता यस्तै सोचेर होटल पुगियो।नेदरल्यान्ड पुगे पछि भोला थापा दाइ र पवन थापा जि हामी बाट बेल्जियम जानको निम्ति छुट्टीएर जानू भयो।तर उहाहरु बेल्जियम जानको निम्ति रेल छुटिसकेको हुदा फेरि होटलमा नै फर्कनु भयो। अब होटलमा अर्को कोठा पनि उपलब्ध भएन रातभर भोला दाइ पवन, कुमार अनि म ४ जना बिबिध कुरामा छलफल गफ गर्दै बिहान ४ बजे सम्म बसियो।हाम्रो यात्रामा हामी ४ दाजुभाइ साच्चै नै एउटा घरको परिवार जस्तै आफ्नोपन भाइचारा बढीरहेको थियो।बिहान ७ बजे बेल्जियम बाट गाडी बोलाउनु भएको रहेछ। र हामिलाई फ्रान्स मा भेट्ने बाचा सहित हामिले उहाहरुलाई बिदा गरियो।यात्रा निकै रोचक भाइचारा बढेको महसुस भैरहेको थियो।अब साथी पवन, भोला दाइ अनि दुर्गा दिदी नहुदा अलि खल्लो नमिठो महसुस भएको थियो।जे भए पनि हामी फरक फरक घर बाट यात्राको लागि निस्किएको कुरा भुलेको थिएन। अनि हामी घुम्न तिर लागियो। बिहाम ब्रेकफास्ट गरि सिटि टुर को लागि हिडियो।जुन देश गए फरक कुरा थाहा हुँदै गयो। हाम्रो नेदरल्यान्ड बसाइ २ दिनको थियो। त्यहा हामिले गाइको दुधबाट बनेको चिज लगायत विभिन्न परिकार हरुको अबलोकन गरियो। त्यहाको बिकास अनि सरकारी कार्यालय हरु गगनचुम्बी महलहरु हेर्दै हामिहरु लन्चको लागि चाइनिज रेस्टुरेन्ट तिर लागियो। फरक देश फरक स्वाद फरक परिकार यस्तै यस्तै अनुभव गर्दै यात्रा अगाडि बढेको थियो।लन्च पछि कोहि साथी डुङा तिर लागे कोहि बजार घुम्न गए। हामिहरु पनि बेलुका डिनरमा भेट्ने गरि बजार तिर लागियो।साथी कुमार गुरुङ, अशोक पान्डे, सुमन शेरचन दिपक कार्की माधब लामिछाने बजार तिर हिडियो।त्यहाका चर्च हरु पुराना महलहरु सालिक हरु हेर्दै मनोरञ्जन गर्दै किनमेल तिर लागे।अब भने हामी आफ्नो आफ्नो तरिकाले बेलुका ७ बजे भेट्ने गरि त्यहाको एउटा सालिक बाट छुटियो।हामी संग न मोबाइल न. थियो। न अनलाइन नै बस्न सकिन्थो। हामी सम्पर्क बिहिन हुँदै ७ बजाउन तिर घुम्न लगियो।७ बजे भेट्ने भनेको ठाउँमा बेलुका घुमेर पुगियो तर साथीहरू भेटिएन।करिब ३० मिनेट कुर्दा पनि नभेटेपछि हामी २ जना अब हराएको महसुस गरियो। पछि १ जना त्यहाको मान्छे मार्फत ठेगाना खोजेर बल्ल बल्ल डिनर रेस्टुरेन्ट मा पुगियो। पछी साथीहरू संग अलि खल्लो महसुस गरियो। नेदरल्यान्ड को यात्राको अन्तिम दिन थियो। विभिन्न ठाउ अबलोकन हेर्दै हामी ९ बजे होटल पुगियो।यात्रा निरन्तर हुँदै थियो। भोलिपल्ट हामी फ्रान्सको लागि हिड्ने दिन थियो। बिहान उज्यालो भयो ब्रेकफास्ट गरेर हामिहरु ८ बजे हिड्ने भनेको थियो। तर साथीहरू ९:३० बजे सम्म पनि तयारी नभएको कारण केही साथीहरू एकले अर्कोलाई आरोप- प्रतिआरोप गर्दै थिए। सबैलाई सम्झाउदै हामी फेरि उहीँ युरोपको बिकासहरु बसबाट हेर्दै बेल्जियम तिर लागियो।केही साथीहरू बस भित्र नाच्दै थिए। कोहि गित गाउदै थिए। कोहि मोबाइल बाट फ्लिम हेर्दै थिए।रम्नु अनि रमाउनु सबैको एउटा नै उदेश्य थियो। यसरी नै बेल्जियम को ब्रर्सेल पुगियो।त्यहा पुगेर लन्छ गरियो। लन्च सकियो। पछि हामिहरुलाई २”घन्टाको लागि सिटि टुर लगियो।सिटि टुरमा बेल्जियमको इतिहास झल्कने खालको चर्च संग्रहालयको अबलोकन गरियो।त्यहा फरक ट्राभल बाट जानू भएका साथीहरू निर्मल श्रेष्ठ, रेस्मा श्रेष्ठ, सान्त्वना पराजुली,सोहि ट्राभलका मेनेजर दामोदर घिमिरे लगायत भेट भयो तस्बिर खिचियो । उहाहरु मेरा नेपालका पुरानो साथीहरू थिए। बिदेशमा त्यसरी अकस्मात भेट हुदा निकै खुशी हुदोरहेछ। त्यहाको घुमाई पछि साथीहरू सपिङ तिर लागे। हाम्रो समय सकिदै गरेको देख्दा हामी बस खोज्दै गयो। तर त्यहा पनि हाम्रो साथी भरत लामिछाने छुट्नु भयो। बल्ल बल्ल उहालाइ भेटियो। ब्रसेल बेल्जियम लाई बिदाइ गर्दै हामी हाम्रो सपना को अर्को सुन्दर देश फ्रान्स तिर लागियो।करिब बेलुका को ८ बजे पेरिस पुगियो।लन्च गरेर हामी होटल तिर लागियो। होटल पुगेसी पेरिस को रात्री सहर अनि राती १ बजे सम्म आइफिल टावर चढ्न पाउने कुराले हामिलाई चंचल बनायो।पेरिस भन्दा बहिर १”घन्टा को बसको यात्रा बाट पुग्ने हाम्रो होटल थियो।तर पनि मिलेर जाने कुरामा सहमत भयो।भोलि पल्ट नै भिसाको कारणले गर्दा हाम्रो टिम का २ जना साथि मध्य इश्वरि राना र बिमला पोखरेल को फ्लाइट रहेछ।उहाहरुले हामिलाई पेरिस घुम्न जाउ भन्नु भयो। अनि होटल बाट सबै म्याप लिएर करिब २० मिनेट जति हिडेर रेल स्टेसन तिर हिडियो।स्टेसन पुगेम। हामी सल्लाहले कुमार गुरुङ जि को नेतृत्वमा त्यहाको लोकल रेल चडेर पेरिस तिर लागियो।हामी संग कुमार गुरुङ बिमला पोखरेल सुधा थापा इश्वरी राना दिपक कार्की भरत लामिछाने माधब लामिछाने लगायत का १० जना सहित जाँदै थियो। केही अघि पुगे पछि हामि चढेको रेल बिग्रेपछि हामीहरुलाई अब स्टेशन चेन्ज गर्दै जानू पर्यो। त्यहाको १ जना लोकल साथी सहयोगि को रुपमा पाइयो र उहाले हामीलाई सजिलो संग छोड्ने काम गर्दिनु भयो। हामिहरु आइफिल टावर नजिक पुग्न सफल भयो। रेल स्टेसन बाट हामीलाई लोकेशन दिएर त्यो साथी बाट हामी छुट्टीएर गए। रेल स्टेसन बाट माथी चडेर टावर हेर्दै थिए साथीहरू अगाडि नै पहेलो झलमल बलेको देखियो।घडी हेरेको रातको १२:३० भएको रहेछ। अब त यो पेरिस सहर राती टावर बाट हेर्न पाउने खुशीले गदगद हुँदै अगाडि बढिरहेको थियो। हिड्दा हिड्दै जान्छौ।जति अगाडि बढ्यो। उति नै टाढा रहेछ।बल्ल बल्ल आइफिल टावरको नजिक मात्र के पुगेको थियो। त्यो पहेलि उज्यालो टावर आफै निम्दै गयो।किनकी ठिक १ बजे आफै बत्ती निभ्दै जाने रहेछ। अब टावर चढ्ने खुशी सकियो। अब साथीहरू पेरिसको नाइट जीवन हेर्न तिर लागे।बिहान ३ बजे सम्म त्यहाको अबलोकन पछि अब भने होटल तिर जाने कुरामा सहमत भयो। अब कसरी जाने लोकल रेल बन्द भयो।लोकल गाडी चढ्ने ठाउँ थाहा छैन।रातको समय Taxi कहाँ पाउछ।भनेर खोज्न थालियो। हामी १० जना एउटा Taxi मा जम्मा ४ जना मात्र चढ्न मिल्ने रहेछ।बल्ल बल्ल पुलिसको सहायता बाट Taxi खोज्ने काम भयो र राती लुकेर २ वटा Taxi मा मिलेर होटल तिर लागियो।त्यहा पनि रातिमा सकेसम्म ठग्ने रहेछ Taxi वाला हरुले Taxi त चढियो। Taxi को स्पिड १४०/१५० कुदिरहेका थियो। अब चाहिँ निकै डर लाग्यो। अनि ड्राइभर लाई अलि बिस्तारै हिड भनेर होटल डरले पुगियो। भोलिपल्ट हाम्रो यात्रा सिटि टुर अनि आइफिल टावर थियो। साथीहरूको नेपाल यात्राको कारण पहिला आइफिल टावर चड्न जाने निधो गरियो। आइफिल टावर पुगियो।

त्यही टावरमा ट्याक्सी चलेको देख्दा त्यहाँको विकासलाई मान्नै पर्छ। टावर वरिपरि पर्यटकको घुँइचो थियो भने हाते व्यापारीले दैनिक राम्रै व्यापार गरिरहेको अनुमान लाउन सकिन्थ्यो। करिब ४ घन्टाको लाइन पछि टावर चड्ने मौका मिल्यो। तल भिड भएको कारण नेपाल आउने साथी प्लेन छुट्छ भनेर तल बाट नै बिदा गरियो।माथी बाट युरोपेली सहर मध्य पेरिस सहर अझै विकसित भएको हेर्न पाइयो।मनमोहक सुन्दर अनि टावर संगको खोलाले अझै सुन्दर देखिन्थ्यो।माथी करिब १ घन्टाको अबलोकन पछि भर्याङ मार्फत तल झरियो सबै फलामले बनिएको रहेछ।माथी बाट झन्डै ३० मिनेटमा तल पुगियो।त्यसपछि लन्चको निम्ति लागियो। अनि फेरि सिटि टुर । क्रुज को मस्ती, (The Louvre), नोट्र्रे डाम (Notre Dame), स्यानट चपेल्ले (Sainte-Chapelle), लगायतका ठाउँहरू घुम्दा समय बितेको पत्तै भएन। पेरिसमा फरक स्वादको खाना, ठूला खस्रा बाटा, भाषा शैलीले आनन्दित तुल्यायो। ठूला पेरिसका ठूला बाटोहरू पुराना ढुंगैढुंगा विछ्याइएका झै लाग्ने थिए। पेरिसका लागि दुई दिन पर्याप्त हुँदो रहेनछ। पेरिसले मन तान्दा तान्दै पनि हाम्रो तालिकाले हामीलाई भोलिपल्ट पेरिस एयरपोर्ट हुँदै स्तानबुल एयरपोर्टमा पुर्‍यायो। स्तानबुल एयरपोर्ट बाट हाम्रो केही साथीहरू नेपाल र हामी २१ जना चाहिँ टर्कि तिर २ दिनको तालिका थियो।

यात्रा भनेकै फेमिली, फुड र फन हो रहेछ। त्यसमा अर्काे एफ फेन्ड हुने हो भने त्यसले यात्रालाई थप पूर्णता दिन्छ। यी धेरै देशको यात्रामा साथीभाईको सहयात्राले त्यसलाई पूर्णता दिएको हामीले अनुभव गर्यौ। इटली र फ्रान्स हामी आफैंले तय गरेको तारिकामा हिँडेका थियौं भने अब हाम्रो यात्रामा थप टर्कीको तालिका जोडिएको थियो।नेपाल रहँदा सोचेको युरोप भन्दा। फरक देशमा पुग्दा फरक स्वादका खानेकुरा खाँदा र फरक दृश्यले फरक अनुभुती हुँदै थियो।टर्किको स्तानबुलको सिटि टुर भनौ।वा त्यहाको समुन्द्रपारिको ८०% एसियाली भु-भाग भनौ वा २०%प्रतिशत युरोपेली भु-भागहरु नियाल्दै तेहाको मुस्लिमको मस्जिद हरु हेर्दै तिब्र गतिमा रहेको बिकास हरु हेर्दै रमाइलो गरियो।सिमित स्रोत र साधन, आन्तरिक र बाह्य समस्याहरुका बावजुद टर्कीले गरेको यस चमत्कारी रुपान्तरणलाई ध्यान दिएर हेर्ने हो भने नेपालले सकारात्मक र फराकिलो सोच, आगामी पुस्ताप्रतिको जिम्मेवारी, वर्तमानमा देश र जनताप्रति जवाफदेही र सबैले व्यक्तिगत, परिवार र इष्टमित्रको दायराबाट माथि उठेर देश र सम्पूर्ण जनताको बृहत्तर हितलाई ध्यानमा राखेर प्रतिबद्ध हुने हो भने आगामी १० वर्षमा नै विकसित संसारलाइ भेट्टाउन सक्ने देखिन्छ! साझ हाम्रो क्रुज डिनर सहितको बेलि डान्स हेर्ने कार्यक्रम थियो। हामी बेलुका ५ बजे होटल बाट समुन्द्र तिर लागियो। त्यहा क्रुज भित्रको भिडभाड देख्दा बिश्वको पर्यटक सबै नै त्यही बेलि डान्स हेर्न को निम्ति आएको रहेछन। करिब ४ घन्टाको को क्र्युज यात्रामा हामिलाई मिठो खाना र न्यानो आतित्यथाको अनुभूति दिलाएको थियो। क्रुज भित्रको समय सकियो। र होटल फर्कियो।भोलिपल्ट हाम्रो यात्राको अन्तिम दिन थियो। नयाँ ठाउँको सहज धुमधाम, गफगाफ, हाँसो ठट्टा गर्दागर्दै हाम्रो यात्रालाई बिट मार्ने दिन आयो। विभिन्न देशको सुन्दर ठाउँ हुँदै हाम्रो सुन्दर युरोप यात्रा पनि टुंगियो।

विकसित देशहरू भनेकै सुविधाका खानी हुन्। सुविधा भोग्दा भोग्दै स्वदेश फर्किन बिर्सिइन्छ। नफर्किने समय र नफर्किने उमेरमा रमाइलो गर्ने, नयाँ पुस्तालाई नयाँ ज्ञान र अनुभव सिकाउने उद्धेश्य रहेको यात्रामा थुप्रै नयाँ जानकारी पाइयो,देखियो।

घुमेका ती देशहरूमा पुरातात्विक चीजहरूलाई सम्पदाको रूपमा जोगाइएको पाइयो। बाटोघाटोहरूकै कुरा गर्ने हो भने पुराना र फराकिला बाटाहरूमा गाडी नै लर्किन सक्ने चिल्ला पिच भएको देखिएन। विकासमा नाममा विनाश भेटिएन। प्राइभेट गाडीभन्दा पब्लिक साधनहरू प्रयोग गरेको पाइयो, जसले गर्दा केही हदसम्म पृथ्वी जोगाउन सहयोग पुग्यो। प्लेन र होटल बाहेक सार्वजनिक शौचालय सशुल्क नै देखिए।
शौचालयबाट उठेको रकमसमेत स्थानीय विकासमा खर्चेर विकास गर्न सकिन्छ भन्ने उदाहरण सिक्न सकिन्थ्यो। यात्राहरू कहिल्यै पुरा हुँदैनन्, अन्त्य पनि हुँदैन।

यसपटकका लागि त्यत्तिमै बिट मारी फर्कियौं नेपाल । काठमाडौ एयरपोर्ट पुग्दा दुर्गा थापा दिदी प्लेनमा नै न्यानो स्वागत गर्न पुग्नु भयो।दिदिको त्यो माया ममता सधै अटल सम्झना स्वरुप रहिरहने छ।यात्राको क्रममा भेटिएको साथीहरू मेरो रुम पार्टनर कुमार गुरुङ,भोला थापा दाइ पवन थापा, सुमन सेरचन, दिपक कार्की, माधब लामिछाने भरत लामिछाने, सुधा थापा, सुनिता मरहट्ठा, राधाकृष्ण उपाध्याय, शान्ती उपाध्याय संजय खड्का अघिल्लो दिन नै फर्कनु भएका साथीहरु सुरज पाठक, भक्ती भुसाल, अशोक पान्डे, दल बहादुर अर्याल, हरि पान्डे बिमला पोखरेल, ईश्वरि राना, रजनी बानिया, सबिता न्यौपाने, लब थापा, देबि अधिकारी र टुर ट्राभलका सर मेडम बाबू रसाइली र सुजिता रसाइली लाई आभार व्यक्त गर्दै सम्पुर्ण साथीहरू मेरो मानसपटल राख्दै एउटा ठूलो फेलोशिप रुपमा लिदै सबै संगै बिदा लिएर आफ्नो आफ्नो घर तिर छुट्टियो।

दिमागको पानाहरू यही प्रश्नबाट भरिन सुरु गरेका छन् अचेल। प्रत्येक दिन युरोपका गल्ली गल्ली समेटिरहेको देख्दा यस्तो लाग्छ युरोपका गल्लीहरू घुम्ने, खाने, मोज गर्ने स्थानमात्र हैनन् राम्रो शैक्षिक भ्रमण पनि हो।

रामराजा थापा, पुर्ब अध्यक्ष लायन्स क्लब अफ काठमाडौ म्याग्दी युथ

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology