सोमवार, फाल्गुन ५, २०७६
‘रुग्ण ठेक्कामा प्रगति हुन सकेन’ - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

‘रुग्ण ठेक्कामा प्रगति हुन सकेन’



काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको अवधिमा सम्पन्न नभई रुग्ण देखिएका अधिकांश ठेक्कामा अझै प्रगति हुन नसकेको जनाएको छ । आयोगले आज सार्वजनिक गरेको ‘रुग्ण ठेक्काको व्यवस्थापन, अध्ययन तथा विश्लेषण प्रतिवेदन, २०७६’ मा रुग्णमध्ये निकै सानो सङ्ख्याका ठेक्का मात्र निर्माण सम्पन्न भएको जनाइएको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७५÷७६ को मङ्सिरसम्ममा एक हजार ८४८ ठेक्का सम्झौता तोकिएको अवधिमा सम्पन्न हुन नसकी रुग्ण अवस्थामा पुगेका थिए । एक वर्षका अवधिमा उक्त रुग्ण ठेक्कामध्ये ६८१ ठेक्का सम्झौताअन्तर्गतका कार्य निर्माण सम्पन्न भएको छ । त्यस्तै २८ आयोजनाको ठेक्का सम्झौता अन्त्य गरिएको प्रतिवेदनमा उल्लेख छ ।

रुग्ण ठेक्कामध्ये रु ८६।४४ अर्ब बराबरका एक हजार २०२ ठेक्का सम्झौता हालसम्म पनि क्रमागत अवस्थामा रहेको आयोगले जनाएको छ । क्रमागत अवस्थामा रहेकामध्ये ४९ ठेक्का सम्झौताको म्याद थप भएको र अन्य सम्झौताको म्याद थपसम्बन्धी कुनै निर्णय नभएको प्रतिवेदनमा उल्लेख छ ।

क्रमगत अवस्थामा रहेकामध्ये ४०२ ठेक्का सम्झौताको प्रगति ८० प्रतिशत, ३१५ ठेक्काको ५० प्रतिशत माथि तथा ४८५ ठेक्का सम्झौताको प्रगति न्यून रहेको छ । ग्रामीण र दुर्गम क्षेत्रमा ‘वर्थिङ सेन्टर’ निर्माण, खानेपानी योजना, सडक, पुल निर्माण, राजमार्ग स्तरोन्नति, विद्युत् ट्रान्समिसन लाइन निर्माणलगायत ठेक्का रुग्ण अवस्थामा रहेका आयोगले जनाएको छ । रुग्ण ठेक्का समयमै सम्पन्न गर्न सरकारलाई २७ बुँदे सुझाव दिइएको आयोगकf प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology