बुधबार, चैत्र २६, २०७६
काठमाडौँमा बिजुलीको तार भूमिगत गरिँदै, प्रधानमन्त्रीले गर्दैछन् शुभारम्भ - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

काठमाडौँमा बिजुलीको तार भूमिगत गरिँदै, प्रधानमन्त्रीले गर्दैछन् शुभारम्भ



काठमाडौं । सरकारले सोमबारबाट काठमाडौंमा विद्युत वितरण प्रणालीलाई भूमिगत (अन्डरग्राउन्ड) गर्ने काम थाल्ने भएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जबाट तार भूमिगत गर्ने कामको थालनी गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क बितरण केन्द्र अन्तर्गतका तार भूमिगत गरिने प्राधिकरणले जनाएको छ।

बिजुलीको तारकै कारण कुरुप बनेको काठमाडौँ सहरलाई सफा र सुन्दर बनाउने उद्देश्यले तार भूमिगत गर्न लागिएको हो।

पहिलो चरणमा दुई वटा वितरण केन्द्र अन्तर्गत ९० हजार ग्राहकको घरसम्म तार अन्डरग्राउन्ड गरिसकेपछि अरु ठाउँमा पनि काम थाल्ने प्राधिकरणको योजना छ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology