आइतवार, मंसिर २९, २०७६
टिचिङ हस्पिटलमा आगलागी - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

टिचिङ हस्पिटलमा आगलागी



काठमाडौँ – त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ । शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा आज साँझ विद्युत् चुहावट भएर आगालागी भएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विद्युत् चुहावट भएर पाँचाँै तलाको एक कोठामा आगलागी भएको जानकारी दिनुभयो । आगलागी अहिले नियन्त्रणमा आइसकेको छ ।

आगलागीबाट कोठाभित्र रहेका कागजात जलेर नष्ट भएका वृत्त प्रमुख प्रसाईँले बताउनुभयो । आगलागीको क्षति भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    प्रकाशक / सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology