बुधबार, चैत्र २६, २०७६
८ रेक्टर माथिको भूकम्पको जोखिममा नेपाल, यस्तो छ विज्ञको निष्कर्ष - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

८ रेक्टर माथिको भूकम्पको जोखिममा नेपाल, यस्तो छ विज्ञको निष्कर्ष



काठमाडौं : गोरखाको बारपाक केन्द्र भई ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछिको पुनर्निर्माणको काम सम्पन्न भएको छैन। गोरखा भूकम्पपछि नेपालको भौगर्भिक अध्ययन तथा अनुसन्धान गरेका विज्ञले अझै ठूलो भूकम्पको जोखिम रहेको औंल्याएका छन्।

गोरखाभन्दा पूर्व क्षेत्रमा असर पर्ने गरी ठूलो भूकम्प गए पनि पश्चिम नेपालमा कुनै असर पुगेको थिएन। भूकम्पीय जोखिम कायमै रहेकाले सचेत हुने विज्ञले सुझाएका छन्। यो समाचार राजधानी दैनिकमा छापिएको छ।

फ्रान्सको पेरिसस्थित पीएसएल रिसर्च युनिभर्सिटीका प्राध्यापक शिव सुवेदी नेतृत्वको टोलीले लामो समय लगाएर गरेको भौगार्भिक अध्ययनले नेपालको पश्चिम क्षेत्रमा अझै ८ रेक्टरभन्दा ठूलो भूकम्प जान सक्ने निष्कर्ष निकालेको छ।

१२ वैशाख २०७२ को भूकम्पको समयमा खानी तथा भूगर्भ विभागका तत्कालीन महानिर्देशन लोकविजय अधिकारी र सुर्खेतस्थित क्षेत्रीय भौगर्भिक अध्ययन केन्द्रका रत्नमणि गुप्ता सम्मिलित टोलीले अझै भूकम्पीय जोखिम अन्त्य नभएको निष्कर्ष निकालेका हुन्।

यस्तै पीएसएल र्चि युनिभर्सिटीका हेलेन लियोन केन, आर्यजोन फ्रान्सका विशेषज्ञ लाउरेन्ट वोलिंगर, पेरिसकै इन्स्टिच्युट अफ फिजिक्स, द ग्लोब फ्रान्सका भरोन्क्वी फररा, इन्स्टिच्युट अफ अर्थ साइन्स, युनिभर्सिटी अफ लाउसान्ने स्विट्जरल्यान्डका ग्योगी हेनेन्वी र युनिभर्सिटी अफ स्ट्रस्वर्ग फ्रान्सका जेरोमी भेग्ने सम्मिलित विज्ञहरुले लामो समयदेखि नेपालको पश्चिम क्षेत्रको भौगर्भिक अध्ययन गरेका थिए।

अध्ययनबाट नेपालको पश्चिम क्षेत्रमा अझै ठूलो भूकम्प जान सक्ने संकेत पाइएको अधिकारीले जानकारी दिए।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology