बिहिबार, साउन २, २०७६
गगनलाई बाबुरामको झटारोः राजनीति बुझ्नु राम्रो ! -

गगनलाई बाबुरामको झटारोः राजनीति बुझ्नु राम्रो !



काठमाडौँ । समाजवादी पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले कांग्रेस नेता गगन थापाले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन।

नेता थापाले शनिबार गोरखामा भट्टराईलाई कांग्रेसले भोट दिएर जिताएकोले आउँदो निर्वाचनमा क्षमापूजा गरेर चुनावी भूलको प्रायश्चित गर्ने बताएका थिए ।

यसप्रती कटाक्ष गर्दै भट्टराईले भनेका छन ‘काँग्रेसका साथीहरूले चुनावी तालमेलको राजनीति बुझ्नु राम्रो होला ! गोरखा र रसुवामा नयाँ शक्ति र नेकाबीच तालमेल भएको हो । गोरखा–२मा नयाँ शक्ति र रसुवामा नेकाले जितेको हो । नयाँ शक्तिको समर्थन विना नेकाले रसुवामा जित्ने थिएन भन्ने चाहिं किन बिर्सेको ? एकता र विरोध दुवै हुन्छ है लोकतन्त्रमा !’

२०७४ सालमा सम्पन्न संघिय तथा प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन नयाँ शक्ति पार्टीबीच चुनावी तालमेल भएको थियो।

दुई निर्वाचन क्षेत्र रहेको गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसले नयाँ शक्ति पार्टीलाई समर्थन गरेको थियो भने रसुवामा संघतर्फ काङ्ग्रेस र प्रदेश तर्फ नयाँशक्ती चुनाव लडेको थियो। हाल नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीच एकतापछि समाजवादी पार्टी नेपाल गठन भएको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology