आइतवार, भदौ १, २०७६
नेपालमा समाजवाद छैन, होलीवाइनको लुटपाट छ: डा प्रकाशचन्द्र लोहनी -

नेपालमा समाजवाद छैन, होलीवाइनको लुटपाट छ: डा प्रकाशचन्द्र लोहनी



काठमाडौं । राप्रपा संयुक्तले वर्तमान संविधानको प्रस्तावनामा रहेको ‘समाजवादोन्मुख’ शब्द हटाउनुपर्ने माग गरेको छ । संविधान संशोधन गरी समाजवादोन्मुख शब्द हटाएर ‘कल्याणकारी उदारवाद’ शब्द राखिनुपर्ने उसको माग छ ।

राप्रपा (संयुक्त) सम्वद्ध बुद्धिजीवी मञ्चको आयोजनामा मंगलबार काठमाडौंमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले संविधानमा समाजवाद शब्द लेखुञ्जेल नेपालमा वैदेशिक लगानी नभित्रिने दाबी गरे ।

संविधानमा जबसम्म समाजवादउन्मुख भन्ने शब्द राखिन्छ, तबसम्म नेपालमा कुनै पनि हालतमा वैदेशिक लगानी आउँदैन भन्दै राणाले संविधान संशोधन गरी समाजवादउन्मुख भन्ने वाक्य हटाएर ‘कल्याणकारी उदारवाद’ राख्न माग गरे ।

कार्यक्रममा बोल्दै राप्रपा (संयुक्त) का अर्का अध्यक्ष डा.  प्रकाशचन्द्र लोहनीले समाजवादका नाममा लुटतन्त्र मच्चाएर देश खत्तम पार्ने प्रपञ्च जारी रहेको आरोप लगाए । उनले भने ‘नेपालमा समाजवाद छैन, होलीवाइनको लुटपाट छ । होलीवाइन समाजवादमा भ्रष्टाचार आकाशिएको छ ।’

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology