बिहिबार, अशोज २, २०७६
उपनिर्वाचनमा साढे ४ लाख मतदाता, कास्किमा गौतम-मिश्र टक्कर ! -

उपनिर्वाचनमा साढे ४ लाख मतदाता, कास्किमा गौतम-मिश्र टक्कर !



काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचन हुने ३७ जिल्लाका १ सय ५४ वटा वडामा करिब साढे ४ लाख मतदाता रहेका छन् ।

निर्वाचन आयोगले १ सय ५४ वटा वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली संकलन भएको जानकारी दिँदै यसमाथि दावी विरोध आह्वान गरेको छ ।

असोज १ गते हरेक वडामा रहेको सहायक नाम दर्ता अधिकारीको कार्यालयमा नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

उक्त नामावलीमा दोहोरो नाम परेको हटाउने, त्रुटि भएको सच्याउने लगायतका काम गरी असोज १० गते जिल्ला निर्वाचन कार्यालयमा बुझाउने आयोगको भनाइ छ ।

कास्किमा गौतम-मिश्र टक्कर !

महत्वका साथ हेरिएको कास्की निर्वाचन क्षेत्र नम्बर( २) मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन्।

मंसिर १४ को प्रनिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन दलहरु कस्सिएका हुन्। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उनको क्षेत्र रिक्त छ। कास्की- २ बाट चुनाव लड्न ‘हेभिवेट’को चर्चा छ।

नेकपाले नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निश्चितप्रायः छ। नेकपाबाट गौतम उम्मेदवार बने साझा पार्टीले संयोजक रवीन्द्र मिश्रलाई मैदानमा उतार्ने तयारी गरेको छ।

नेकपाका एक सचिवालय सदस्यका अनुसार अब बस्ने सचिवालय बैठकले गौतमका विषयमा आवश्यक निर्णय लिनेछ । स्रोतका अनुसार अधिकारी पत्नी विद्या भट्टराईलाई आगामी माघमा रिक्त हुने राष्ट्रियसभाको सदस्यमा लैजाने नेताहरुको तयारी छ । गौतमलाई उम्मेवादर बनाइ विजय बनाउनका लागि कमाण्डरका रुपमा नेकपा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य खगराज अधिकारीलाई अगाडि बढाउने नेताहरुको सोच छ । अधिकारीले गौतमलाई उम्मेदवारी बनाउने विषयमा स्थानीय नेता तथा कार्यकर्तासँग आन्तरिक छलफल गरेका छन् ।

बैकल्पिक राजनैतीक शक्तिको रुपमा उदाउँदै गरेको बिबेकशिलले सके जित्नेगरी नसके सम्मानजनक मत ल्याएर बलियो दलको छप छोड्ने गरी पार्टी संयोजक मिश्रलाई उमेदवार बनाउन लागेको हो ।

 

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology