बिहिबार, अशोज २, २०७६
प्रचण्डका घरबेटीलाई मेलम्चीको ठेक्का -

प्रचण्डका घरबेटीलाई मेलम्चीको ठेक्का



काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको ठेक्का शैलुङ कन्स्ट्रक्सन कम्पनीले पाएको छ । यसअघि देखि नै बिवादमा पर्दै आईरहेका निर्माण व्यवसायी तथा प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीले मेलम्चीको ठेक्का पाएका हुन् । उनको कम्पनी शैलुङ कन्स्ट्रक्सन ले झण्डै डेढ अर्बमा उक्त ठेक्का पाएको हो ।

कम्पनीले आयोजनाको बुढानिलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन विस्तार तथा ओभरहेड ट्याङकी निर्माणको ठेक्का पाएको हो । जुन एक अर्ब ४१ करोड ६९ लाख २२ हजार ७६० रुपैयाँमा सम्झौता भएको छ । आयोजना निर्देशनालय कार्यालयका अनुसार अधिकारीको कम्पनीले सबैभन्दा कम रकम कबोल गरेकाले मेलम्चीको पाइपलाइन बिस्तारको सम्झौता भएको हो ।

उक्त काम कम्पनीले ३० महिनाभित्र सक्नु पर्नेछ । ठेक्का सम्झौता भएसंगै कम्पनीले पाइपलाइन बिस्तारको काम अघि बढाईसकेको छ । शैलुङ निर्माण कम्पनी सरकारको कालोसूचिमा रहेको कम्पनी हो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology