बिहिबार, अशोज २, २०७६
पेट्रोलियम पाइपलाइन उद्घाटनपछि मोदीको ट्वीट, नेपालीमा लेख्दै यसो भने -

पेट्रोलियम पाइपलाइन उद्घाटनपछि मोदीको ट्वीट, नेपालीमा लेख्दै यसो भने



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द मोदीले एकसाथ बटन थिचेर मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन गरेका छन् । ‘भिडियो कन्फ्ररेन्स’मार्फत सम्बोधन गर्दै दुबै देशका प्रधानमन्त्रीले नेपालको महत्वकांक्षी प्रोजेक्टको उद्घाटन गरेका हुन् । पाइपलाइनको उद्घाटन भएसंगै मोदीले दुबै देशको संयुक्त प्रयासमा परियोजना सम्पन्न भएको भन्दै खुसी व्यक्त गरेका छन् । साथै उनले ट्वीटरमा समेत कयौँ ट्वीट गर्दै पाइपलाइन उद्घाटनको खुसी व्यक्त गरेका छन् ।

मोदीले ट्वीटरमा नेपालीमा ट्वीट गर्दै खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन् “भारत नेपाल मित्रताको बिषेश दिन । मेरा मित्र प्रधानमन्त्री ओली र मैले संयुक्तरुपमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पदार्थको पाइपलाइनको उद्घाटन ग¥यौ” । उनले अर्काे ट्वीटमा पनि लेखेका छन् “तपाईहरु खुसी हुनुहुनेछ कि यो परियोजना निर्धारित समयभन्दा धेरै अघि नै सम्पन्न भयो” ।

यसै गरी अर्काे ट्वीटमा लेखेका छन् “प्रगतिको फल मित्र राष्ट्रहरुसंग बाड्दै । मोतिहारी अमलेखगञ्ज पाइपलाइनले नेपालका जनतालाई सुलभ मूल्यमा अझै सफला पेट्रोलियम पर्दाथ दिनेछ । म हर्षित छु की नेपाल र भारतबीचको सहर्कायले हाम्रा जनताको परस्पर लाभका लागि नयाँ उचाई प्राप्त गर्दैछ” । मोदीले नाकाबन्दी लगाएपछि नेपालमा उनले आफनो छबि सुर्धार्ने प्रयास गरिरहेका छन् । तर त्यो पर्याप्त हुन सकिरहेको छैन भारतीय मिडियाहरुले समेत नाकाबन्दीपछि नेपाल र नेपालीहरु भारतसंग टाढिएको बताउँदै आएका छन् । तर मोदीले भने पाइपलाइनबाट पनि दुबै देशको परस्पर सम्बन्धमा थप सुमधुरता आउँने विश्वास लिएका छन् ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology