सोमवार, फाल्गुन ५, २०७६
प्रदेश राजधानी हेटौँडाका लागि काँग्रेसको व्हिप - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

प्रदेश राजधानी हेटौँडाका लागि काँग्रेसको व्हिप



हेटौँडा । प्रदेश ३ नेपाली काँग्रेस संसदीय दलले प्रदेशको स्थायी राजधानीको पक्षमा मतदान गर्न व्हिप जारी गर्ने भएको छ ।

काँग्रेस संसदीय दलको शुक्रबार साँझ हेटौँडामा बसेको वैठकले प्रदेश राजधानी पक्षमा आफ्ना प्रदेश सभाका सदस्यहरुलाई व्हिप जारी गर्ने निर्णय गरेको हो ।

काँग्रेस संसदीय दलका सचेतक छिरिङ्ग दार्जे लामाले दलको वैठकले प्रदेशको स्थायी राजधानीको पक्षमा मतदान गर्न व्हिप जारी गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रदेशको नामाकरणको सवालमा अहिले खुला छौ भन्दै उहाँले भन्नुभयो, कुनै निर्णय भएको छैन, अन्य दलहरुसँग सहमति जुटेमा नाममा पनि व्हिप जारी गर्न सकिन्छ ।

उहाँले भन्नुभयो, प्रदेश राजधानीको सवालमा सहमति नजिक छौ, प्रदेशको राजधानीको स्थान र नामका लागि अधिकतम् सहमतिको पक्षमा काँग्रेस रहेको छ ।

काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले शनिबारबाट सुरु हुने प्रदेश स्थायी राजधानी र नामाकरण सम्बन्धमा शनिबार प्रस्ताव दर्ता प्रक्रिया सुरु हुने भएकोले अनुमती विना हेटौँडा नछाड्न भन्नुभएको छ ।

काँग्रेस संसदीय दलले मतदान प्रक्रियामा अनिवार्य रुपमा सहभागी हुन निर्देशन गरेको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology