बिहिबार, फाल्गुन १५, २०७६
राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक अभियान शुरु - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक अभियान शुरु



राष्ट्रिय जनमोर्चाको एक महिने सङ्गठनात्मक अभियान शुरु भएको छ । जनमोर्चाले देशभर सङ्गठन निर्माण गर्नका लागि शुरु गरेको अभियानको पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष केसीले जनमोर्चाको देशभरका सबै जिल्लामा सदस्यता वितरण तथा समिति निर्माण गर्न एक महिने अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले वर्तमान सरकार महँगी घटाउन असफल रहेको बताउनुभयो । उहाँले भारतीय नक्शामा समावेश गरिएको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकाले सरकारले कूटनीतिक पहलमार्फत नेपाली नक्शामा समावेश गर्नुपर्ने उल्लेख गर्नुभयो ।

राष्ट्रिय जनमोर्चा काठमाडौँका अध्यक्ष झविन्द्र बेल्वासेले अभियानले जनमोर्चाको सङ्गठनलाई थप बलियो बनाउने बताउनुभयो । सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी केही युवा जनमोर्चामा प्रवेश गरेका थिए ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology