आइतवार, चैत्र २३, २०७६
काङ्ग्रेस नेताको निधनमा शोक प्रस्ताव पारित - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

काङ्ग्रेस नेताको निधनमा शोक प्रस्ताव पारित



काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकले नेपाली काँग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । बैठकले दिवङ्गत उपाध्यायको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

सांसद उपाध्याय विसं २०७४ को राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रदेश नं ५ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेता उपाध्याय सरल एवं भद्र व्यक्तित्वको रूपमा परिचित, सामाजिककार्य एवं लोकतन्त्रका स्थापनाका आन्दोलनमा सदैव अग्रपंक्तिमा सक्रिय हुनुहुन्थ्यो ।

क्यान्सर रोगका कारण नेता उपाध्यायको ५१ वर्षको उमेरमा आज बिहान उपचारका क्रममा निधन भएको थियो । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीेले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि शोक प्रस्तावका कारण अन्तिममा आएर स्थगित भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ३ गते ११ बजे बस्नेछ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology