बुधबार, चैत्र २६, २०७६
महराविरुद्धको फैसला आज - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

महराविरुद्धको फैसला आज



काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौं जिल्ला अदालतले साेमबार फैसला गर्दैछ । पूर्वसभामुख महराविरुद्धको अन्तिम सुनुवाइ आइतबार सकिएको छ ।

जिल्ला अदालतका प्रवक्ता आनन्दकुमार श्रेष्ठका अनुसार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । आइतबार समय अभावका कारण फैसला हुन सकेन । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ चलेको थियो । पूर्वसभामुख महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, लव मैनाली, दिनमणी पोखरेल, डा। भीमार्जुन आचार्यलगायतले बहस गर्नुभएको थियो ।

संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology