बिहिबार, साउन २, २०७६
काभ्रेको महाभारतमा बाली विज्ञानको पढाइ हुने -

काभ्रेको महाभारतमा बाली विज्ञानको पढाइ हुने



बनेपा – महाभारत गाउँपालिका–१ स्थित धापगाउँको भैरव माध्यमिक विद्यालयमा बाली विज्ञान विषयको पढाइ हुने भएको छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षाअन्तर्गत कक्षा ९ मा यसै शैक्षिक शत्रबाट भर्ना खुला गरिएको विद्यालयका प्रधानाध्यापक खुवनाथ दुलालले बताउनुभयो ।

शिक्षा मन्त्रालयबाट स्वीकृति लिएपछि असार ६ देखि १५ गतेसम्मको लागि आवेदन खुल्ला गरिएको विद्यालयले जनाएको छ । “एक गाउँपालिका एक प्राविधिक विद्यालयको अवधारणा आएसँगै स्वीकृति लिएर भर्ना खुला गर्न सफल भएका छौँ”, विद्यालयका प्रधानाध्यापक दुलालले भन्नुभयो ।

भर्ना खुला गरिएसँगै वरपरका खानीखोला गाउँपालिका, छिमेकी जिल्ला सिन्धुलीको हरिहरपुरगढी र मरिनठाकुर तथा मकवानपुरको वाग्मती गाउँपालिकाबाट विद्यार्थी आउने क्रममा रहेको छ ।

यसै शैक्षिक शत्रका लागि ४८ जनाको कोटाका लागि भर्ना फारम वितरण भइरहेको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology