आइतवार, भदौ १, २०७६
धादिङमा जीप दुर्घटना, १४ जना घाइते -

धादिङमा जीप दुर्घटना, १४ जना घाइते



धादिङ – धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ मैदी अमराईमा बोलेरो जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । धादिङबेसीबाट मैदीको लागि छुटेको बा १३ च ५२३० नम्बरको बोलेरो गाडी मंगलबार दुर्घटना भएको हो ।

घाईतेहरुको स्थानीयवासी तथा प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धादिङबेसीमा ल्याइएको छ । घाईते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । उकालोमा ब्रेक फेल भएर जिप दुर्घटनामा परेको हो ।

जिल्ला अस्पताल धादिङबेशीमा उपचार भैरहेको घाईतेहरु:-

१) जि.धादिङ ज्वालामुखी गा.पा.२ बतासे बस्ने बर्ष २८ की लक्ष्मी श्रेष्ठ अबस्था मध्यम । ऐ.१८:०० बजे ट्रमा सेन्टर काठमाण्डौ रिफर ।

२) जि.धादिङ ज्वालामुखी गा.पा.३ समीभञ्ज्याङ बस्ने बर्ष कि प्रतिभा बिश्वकर्मा अबस्था
सामान्य ।

३) जि.धादिङ ज्वालामुखी गा.पा.३ उखु बारी बस्ने बर्ष ४२ की बाल कुमारी बि.क.
अबस्था सामान्य ।

४) जि.धादिङ ज्वालामुखी गा.पा.१ बस्ने बर्ष ४० को बिर बहादुर मगराती अबस्था मध्यम । ऐ.१८:०० बजे ट्रमा सेन्टर काठमाण्डौ रिफर ।

५) जि.धादिङ ज्वालामुखी गा.पा.१ बस्ने बर्ष ३५ की बल माया रानामगर अबस्था मध्यम ऐ.१८:०० बजे ट्रमा सेन्टर काठमाण्डौ रिफर ।

६) जि.धादिङ ज्वालामुखी गा.पा.३ बस्ने बर्ष २१ को मिलन परियार अबस्था सामान्य

७) जि.धादिङ ज्वालामुखी गा.पा.३ हटिया बस्ने बर्ष २६ को रिजन श्रेष्ठ अबस्था सामान्य ।

८) जि.धादिङ ज्वालामुखी गा.पा.३ मैदीकोट बस्ने बर्ष १८ की सन्ध्या परियार अबस्था सामान्य ।

९) जि.धादिङ ज्वालामुखी गा.पा.२ बस्ने बर्ष ४५ को पौष प्रसाद तिवारी अबस्था सामान्य ।

१०) जि.धादिङ ज्वालामुखी गा.पा.३ बस्ने बर्ष २ कि मञ्जु श्रेष्ठ अबस्था सामान्य ।

११) जि.धादिङ ज्वालामुखी गा.पा.३ बस्ने बर्ष ३० को बिष्णु नेपाली अबस्था सामान्य ।

१२) जि.धादिङ ज्वालामुखी गा.पा.१ बस्ने बर्ष ५७ को लोक बहादुर सामरी अबस्था मध्यम ऐ.१८:०० बजे ट्रमा सेन्टर
काठमाण्डौ रिफर ।

१३) जि.धादिङ ज्वालामुखी गा.पा.३ बस्ने बर्ष २४ की कोपिला श्रेष्ठ अबस्था सामान्य ।

१४) जि.धादिङ ज्वालामुखी गा.पा.२ बस्ने बर्ष ३५ को गोपाल नेपाली अबस्था सामान्य
। ( चालक )

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology