बुधबार, फाल्गुन १४, २०७६
धादिङमा आत्महत्या बढ्दै गएपछि रोकथाम अभियान सुरु - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

धादिङमा आत्महत्या बढ्दै गएपछि रोकथाम अभियान सुरु



धादिङ : जिल्लामा वर्षेनी आत्महत्याका घटना बढ्दै गएकाले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा मङ्गलबारदेखि रोकथाम अभियान शुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय र सहयात्री समाजले आज नीलकण्ठ क्याम्पसबाट सोे अभियान प्रारम्भ गरेको हो । प्रमुख जिल्ला अधिकारी आसमान तामाङले मान्छेले जीवनदेखि निरास भएर आत्महत्या गर्ने भएकाले भावी जीवनलाई सुखी बनाउने खालाका गतिविधि गर्नुपर्नेमा जोड दिनुभयोे ।

जिल्लामा विगत चार वर्षको तथ्याङ्कमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७२/७३ मा ६३, २०७३/७४ मा ७५, २०७४/७५ मा ९२ र २०७५/७६ मा ९४ ले आत्महत्या गरेका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो ।

प्रहरीको तथ्याङ्कअनुसार सो अवधिमा आत्महत्या गरेका ३२४ मध्ये पुरुष १८५ र महिला १३९ थिए । तीमध्ये विवाहपछि आत्महत्या गर्ने ३०६ र अविवाहित अवस्थामै आत्महत्या गर्ने १८ थिए ।

झुण्डिएर २१९, विष सेवन गरेर १०३ र अन्य कारणले दुई जनाले आत्महत्या गरेको उक्त कार्यालयले जानकारी दिएको थियो । आत्महत्या दुरुत्साहनमा जिल्लामा चार मुद्दा विचाराधीन अवस्थामा छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology