बुधबार, फाल्गुन १४, २०७६
गल्छीमा खसेको लेदो माटो अझै हटाउन सकिएन, एकतर्फीमात्रै गाडी सञ्चालनमा - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

गल्छीमा खसेको लेदो माटो अझै हटाउन सकिएन, एकतर्फीमात्रै गाडी सञ्चालनमा



धादिङ । धादिङको गल्छीमा खसेको लेदो माटो हटाउन नसक्दा पृथ्वी राजमार्ग अन्तर्गत गुड्ने सवारी साधनहरु लामो जाममा फसेका छन् ।

गल्छी गाउँपालिका– ७ मा लेदो माटो खसेपछि बिहान ४ बजेदेखि नै यो सडकखण्डमा एकतर्फी मात्रै गाडी चलेका कारण कैयौँ सर्वसाधारणहरु समयमा गन्तब्यमा पुग्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार स्थानीयले खेतमा लगाएको पानी पोहोर पहिरो गएको ठाउँमा खसेपछि बाटो अवरुद्ध बनेको हो । अहिले बाटोमा खसेको माटो हटाउने काम भैरहेको र केही समयमा जाम खुल्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology