आइतवार, मंसिर २९, २०७६
चिलिमे-त्रिशूली प्रसारण लाइनको ४५ प्रतिशत काम सम्पन्न - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

चिलिमे-त्रिशूली प्रसारण लाइनको ४५ प्रतिशत काम सम्पन्न



काठमाडौं । रसुवाको माथिल्लो क्षेत्रमा निर्माणधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण कार्य हालसम्म ४५ प्रतिशत मात्रै सम्पन्न भएको छ ।

अहिले जग्गा अधिग्रहण, मुआब्जा वितरण गर्ने काम सकिएको छ भने प्रसारण लाइनको डिजाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

जिल्लाको तिरु र हाकुमा १५ वटा टावरको उत्खननको काम सकिएको आयोजना प्रमुख सुभारम्भ विक्रम शाहले बताउनुभयो । गोल्जुङदेखि मैलुङसम्म २२० केभी डबल सर्किट र मैलुङदेखि त्रिशूली थ्रीबीको हबसम्म ‘फोर सर्किट’ प्रसारण लाइन निर्माण हुने छ । गोल्जुङदेखि थ्रीबी हबसम्म ७८ वटा टावर रहने बताइएको छ ।

२०१७ डिसेम्बर २० देखि प्रसारण लाइन निर्माण सुरु भएको आयोजनाको २०१९ जुन १३ मा निर्माण सम्पन्न गर्ने कार्ययोजना रहेको थियो ।

सम्झौता अनुसार काम गर्न नसकेपछि आयोजनाले निर्माणको म्याद थपेको छ । थपिएको समय सीमा अनुसार २०२० फेब्रुअरी २९ मा निर्माण सम्पन्न गरिसक्नु पर्छ ।

साढे २७ किलोमिटर दुरी रहेको प्रसारण लाइन निर्माणमा सडकको पहुँच नपुगेको,भौगोलिक विकटता साथै डिजाइनमा धेरै समय लागेको कारण निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    प्रकाशक / सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology