आइतवार, मंसिर २९, २०७६
कुलेखानी तेस्रोबाट विद्युत् उत्पादन सुरु - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

कुलेखानी तेस्रोबाट विद्युत् उत्पादन सुरु



काठमाण्डौँ । कुलेखानी तेस्रोबाट विद्युत् उत्पादन सुरु भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका १ सानुटारस्थित आयोजनाले मंगलबार मध्यान्नसम्म १ लाख १२ हजार युनिट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा पठाएको बताएको छ ।

कुलेखानी तेस्रोका उपप्रबन्धक धीरेन्द्र चौधरीले अझै एक महिना परीक्षण उत्पादन गरेर मात्र व्यावसायिक उत्पादन सुरु गर्ने बताए। हाल टरवाइन, जेनेरेटरलगायत मेसिन क्षमता परीक्षणको काम भइरहेको चौधरीको भनाई छ ।

आयोजनाका दुईवटा युनिटबाट १४ मेगावाट विद्युत् उत्पादन हुनेछ। आयोजना निर्माण सुरु गर्दा लागत दुई अर्ब ४३ करोड अनुमान गरिएको थियो। हालसम्म करिब ४ अर्ब रुपैयाँ खर्च भइसकेको कुलेखानी तेस्रो आयोजनाले जनाएको छ।

योजना हस्तान्तरण हुँदासम्म साढे चार अर्ब रुपैयाँ खर्च हुने आयोजनाको अनुमान छ। सम्झौताअनुसार चार वर्षमा सकिनुपर्ने निर्माणकार्य ठेकेदारको ढिलासुस्तीका कारण थप सात वर्ष लम्बिएको थियो।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    प्रकाशक / सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology