आइतवार, मंसिर २९, २०७६
डुवखाङ गैरामा गुफा समापन तथा वार्षिक कार्यक्रम सम्पन्न - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

डुवखाङ गैरामा गुफा समापन तथा वार्षिक कार्यक्रम सम्पन्न



धादिङ – धादिङ जिल्लाको एतिहसिक,धर्मिक तथा पर्यटकीय नगरी सेमजोङ-१ गैरामा काङ्युर पाठ, नव निर्मित भवन उद्घाटन तथा तीन महिना तीन तिने गुफा समापन कार्यक्रम सम्पन्न भएको छ । कार्तिक २६ गते मंगलबार ज्यम्पल दोर्जे डुवखाङ गुम्बामा भएको कार्यक्रम नेत्रावती डबजोङ गाउँपालिका प्रमुख दुर्गा शाक्यको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा सोही गा.पाका उपप्रमुख उर्मिला तामाङ तथा म्यागङ गाउँपालिका प्रमुख आशा तामाङ लगायतको विशेष उपस्थितिमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

हरेक साल ज्यम्पल दोर्जे गुम्बाले भवन उद्घाटन तथा गुफा शिबिर समापनको अवसर परेर बिबिध कार्यक्रम गर्दै आइरहेको छ ।

यसै बर्ष नेत्रावती डबजोङ गाउँपालिकाको छ लाख सहयोगमा नब निर्मित दुई कोठे पक्की भवनको समेत उद्घाटन गरिएको गुम्बा स्रोतले जानकारी गराएको छ ।

नेपाल अहिंसाबादी बौद्ध धर्म बिश्व शान्ति चक्र संघका केन्द्रिय अध्यक्ष पेमा सम्पा लामा प्रमुख लामा गुरुको रुपमा कार्यक्रममा उपस्थिति जनाउनु भएको थियो भने संघकै महासचिव प्रेम दोर्जे बल लामा विशेष लामागुरुको रुपमा सहभागी हुनुभएको थियो ।

नेपाल अहिंसाबादी बौद्ध धर्म बिश्व शान्ति चक्र संघ सेमजोङ-१ गैरा गुम्बा धादिङद्वारा आयोजना गरिएको कार्यक्रम विभिन्न पुजा पाठ , बुद्धवचन काङ्युर पाठ ,बिश्व शान्ति महायज्ञ पुजा, तीन महिने शिविर टोलिको कार्यक्रममा धादिङ लगायत नुवाकोट जिल्लाको विभिन्न ठाँउहरुबाट उल्लेख्य मात्रामा कार्यक्रममा सहभागिता रहेको थिए ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    प्रकाशक / सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology