सोमवार, फाल्गुन ५, २०७६
छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु



बनेपा, २४ पुस – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ र रोशी गाउँपालिका–९ मा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान पनौती नगरपालिका–११ थुम्कीस्थित भित्री सडकखण्डमा सडक विभाग भक्तपुरको आयोजनामा पाटीखर्कबाट ख्याकु जाने मोटरबाटो निर्माण गर्ने क्रममा स्काभेटर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविकुमार पौडेलले बताउनुभयो । मुत्यु हुनेमा पनौती नगरपालिका–११ का १६ वर्षीय राउत केसी र सिन्धुपाल्चोक घर भई हाल पनौती नगरपालिका–११ स्थित दिदीको घरमा बस्दै आएका १५ वर्षीय रोशन भण्डारी रहेका छन् ।

सो घटनामा परी पनौती–७ का स्काभेटर चालक २७ वर्षीय जीवन ताम्राकार घाइते भएको र उहाँको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्काभेटर सडकबाट अन्दाजी ३०० मिटर तल सलान्दुखोलामा खसेको थियो ।

त्यस्तै आज बिहान रोशी गाउँपालिका–९ स्थित देउरालीबाट नार्केतर्फ आउँदै गरेको दूध बोकेको बा५च ५०७४ नंको सवारी पानाञ्चेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोशी गाउँपालिका–९ का १२ वर्षीय अनिल रानामगर रहेको प्रहरीले जनाएको छ । उनको उपचारका लागि धुलिखेल अस्पताल लगिएकामा अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक धर्मजङ्ग थिङले बताउनुभयो । सो घटनामा परी सोही ठाउँका सतीकुमारी पीठाकोटे र चालक टङ्कमान लामा घाइते भएकोे प्रहरीले जनाएको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology