बिहिबार, फाल्गुन १५, २०७६
प्रदेश नम्बर तीनको राजधानी र नामबारे भोलि मतदान - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

प्रदेश नम्बर तीनको राजधानी र नामबारे भोलि मतदान



हेटौँडा – प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश नं ३ को नामकरणसम्बन्धी ‘वाग्मती’ को प्रस्तावलाई छलफलको लागि प्रस्तुत गर्नुभएको थियो ।

उक्त प्रस्तावलाई सत्तारुढ नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयाल, साझा विवेकशील पार्टीको रमेश पौडेल र शोभा शाक्य, राप्रपाका रीता माझी र राप्रपा (संयुक्त)को रीना गुरुङले सर्मथन गर्नुभएको थियो ।

उक्त प्रस्तावमा नेपाल किसान मजदूर पार्टीका नेता सुरेन्द्रराज गोरसाइले सङ्घीय राजधानी काठमाडौँलाई रक्षाकवजको रुपमा जोड्न प्रदेश नं ३ को राजधानी हेटौँडा तोकिनु औचित्यपूर्ण रहेको उल्लेख गर्दै प्रदेश सरकारले आगामी वर्षहरूमा प्रदेशका जनतालाई आधारभूत विकासको साथै आर्थिक समृद्धितर्फ जोड्ने कार्यको लागि केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले प्राचीन सभ्यताको प्रतीकका रुपमा रहेको वाग्मतीको नामकरणलाई सहमतिका साथ पारित गर्न लागिपर्ने राय दिनुभयो । वाग्मती प्रदेशको नामकरणसम्बन्धी छलफलमा सहभागी हुँदै स्वतन्त्र सांसद प्रेमबहादुर तामाङले उक्त प्रस्तावमाथि आफ्नो सर्मथन नरहेको र प्रदेशको अधिकांश जिल्लामा आदिवासी जनताको बहुल्यता रहेको तथ्य औँल्याउँदै उक्त समुदायलाई पनि आत्मसम्मानका साथ समेटिने खालको प्रदेशको नामकरण गर्न सरकारसँग माग गर्नुभयो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक आइतबार बिहान ९ बजे बस्ने गरी स्थगित गर्नुभयो । आज दुई पटक सञ्चालन भएको बैठक करिब तीन घण्टा २० मिनेट चलेको थियो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology