आइतवार, फाल्गुन ११, २०७६
रसुवाका सांसदले ‘नेवा ताम्सालिङ’ नाम प्रस्ताव राख्न समेत पाएनन (भिडियो) - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

रसुवाका सांसदले ‘नेवा ताम्सालिङ’ नाम प्रस्ताव राख्न समेत पाएनन (भिडियो)



रसुवाबाट निर्वाचित तत्कालिन नयाँशक्ती पार्टिका सांसद प्रेमबहादुर तामाङ प्रदेशको नाममा छुट्टै प्रस्ताव दर्ता गर्न चाहन्थे ।

उनले प्रदेशको नाम नेवाः तामसालिङ प्रस्ताव गर्दै फारम समेत भरेका थिए । तर समर्थक नै भेटेनन् । प्रदेशसभाका कुनै पनि सदस्यले प्रदशेको नाम र राजधानीबारे प्रस्ताव दर्ता गर्दा दुईजना प्रदेशसभा सदस्य समर्थक चाहिने व्यवस्था छ ।

हिजोसम्म प्रदेश ३ को नाम नेवाः तामसालिङ राख्नुपर्छ भन्ने सांंसदहरु पार्टी हृवीपका कारण समर्थक समेत बस्न नमानेको प्रदेशसभा सदस्य तामाङले बताए ।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले खल्तीबाट प्रस्ताव फारम झिकेर देखाएका उनले । जातीय पहिचानका लागि रगत बगाएकाहरु समेत पहिचानको एजेन्डा छाडेको भन्दै व्यङ्ग्य गरे, रातामान्छेहरुलाई रातै सलाम ।’

प्रदेशसभामा दर्ता हुन नपाएको प्रस्तावलाई मुटुभित्रै सजाएर राख्ने उनले सुनाएका थिए ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology