सोमवार, फाल्गुन ५, २०७६
सुन प्रतितोला ४०० ले बढ्यो - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

सुन प्रतितोला ४०० ले बढ्यो



काठमाडौँ, २७ पुस – निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ४०० ले वृद्धि भएको छ ।

महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ७०० तोकेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु ९०० ले घटेको थियो । शुक्रबार छापावाला सुन प्रतितोला रु ७४ हजार ६०० र तेजाबी सुन प्रतितोला रु ७४ हजार ३०० मा खरिदबिक्री भएको थियो ।

पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले वृद्धि भएको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला रु ८९० तोकेको छ । पछिल्लो समय विकसित इरान–अमेरिका तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण विश्व बजारमा सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology