सोमवार, फाल्गुन ५, २०७६
विश्वकर्मा समाजको राष्ट्रिय भेला सम्पन्न - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

विश्वकर्मा समाजको राष्ट्रिय भेला सम्पन्न



चितवन, २७ पुस -नेपालभरिका विश्वकर्माको साङ्गठानिक राष्ट्रिय भेला १७ बुँदे घोषणापत्र जारी गर्दै आज गैँडाकोटमा सम्पन्न भएको छ ।

 

भेलाले महासङ्घ निर्माण गर्न सातै प्रदेशबाट सातजना र थप एक महिलासहित २१ जनाको केन्द्रीय सचिवालय गठन गरेको छ । उक्त सचिवालयले आगामी एक वर्षभित्र नयाँ विधान निर्माण गरी राष्ट्रिय सम्मेलन गर्ने घोषणापत्रमा उल्लेख छ । उक्त सम्मेलनले केन्द्रीय महासङ्घ गठन गर्नेछ ।

सो भेलाले एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजका अध्यक्ष गोपालप्रसाद विश्वकर्मा र विश्वकर्मा समाज नेपाल केन्द्रीय समिति कास्कीका अध्यक्ष गणेश बराइलीलाई तयारी समितिको संयोजक तथा विश्वकर्मा सेवा समिति चितवनका अध्यक्ष विपीन रामुदामु, विश्वकर्मा एकता समाज, इटहरीका अध्यक्ष गोपाल लकान्द्री र विश्वकर्मा कल्याण समाज पोखराका महासचिव दीपक घिमिरेलाई सहसंयोजक चयन गरेको छ ।

घोषणापत्रमा आगामी दिनमा विश्वकर्माहरुको पहिचान, कला संस्कृतिको संरक्षण तथा समानुपातिक समावेशी अधिकार र समृद्धिका लागि लागि पर्ने जनाइएको छ । साथै आगामी दिनमा दलित समुदायको विभिन्न जातजातिलाई समेत संयोजन गरी दलित अधिकारका लागि वृहत राष्ट्रिय महासङ्घ निर्माण गर्ने जनाएको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology