बुधबार, फाल्गुन १४, २०७६
रसुवामा मुक्का प्रहारबाट एक पुरुषको मृत्यु - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

रसुवामा मुक्का प्रहारबाट एक पुरुषको मृत्यु



रसुवा – कुटपिटका कारण उत्तरी रसुवास्थित गोल्जुङ गाउँ निवासी एक युवकको गए राति निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज गिरीका अनुसार मृत्यु हुनेमा रसुवा, आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ गोल्जुङ निवासी ४६ वर्षीय सार्की गुरूङ छन् ।

सोही स्थानका ४१ वर्षीय मिङ्गार सिंगी तामाङको मुक्का प्रहारबाट शनिबार राति गुरूङको निधन भएको प्रहरीले जनाएको छ । शनिबार साँझ ८.३० बजे गोल्जुङ इलाका क्षेत्रमा दुई पक्षबीच सामान्य विवाद हुँदा तामाङले गुरूङलाई एक्कासि मुक्का प्रहार गर्दा ढुङ्गामा पछारिई टाउकामा गम्भीर चोट लागेर उनको निधन भएको बुझिन आए पनि घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गिरीले जानकारी दिनुभयो ।

यसैबीच रसुवागढी नाकाबाट लुकाइछिपाई केरूङतर्फ लान लागिएको अमेरिकी डलर सात हजारसहित रसुवा गोल्जुङका एक युवक शनिबार यहाँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोल्जुङ निवासी २२ वर्षीय कान्छाकुमार घले रहेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिनुभयो । अभियुक्त घलेमाथि कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology