बिहिबार, फाल्गुन १५, २०७६
मिर्गौला पीडितलाई धादिङ समाज युएईको ५० हजार सहयोग - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

मिर्गौला पीडितलाई धादिङ समाज युएईको ५० हजार सहयोग



धादिङ – धादिङ समाज युएईले धादिङ नीलकण्ठ नगरपालिका–११ गैरीगाउँका स्थायी बासिन्दा जीतबहादुर गुरुङको उपचारका लागि रु ५० हजार सहयोग गरेको छ ।

समाजका उपाध्यक्ष ईश्वर भट्टले यहाँ आज पत्रकार सम्मेलन गरी मिर्गौला रोगबाट पीडित आर्थिक अवस्था अत्यन्तै दयनीय भएका गुरुङको उपचारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गर्नुभयो । बैसठठी वर्षीय गुरुङको दुवै मिर्गौलामा समस्या छ ।

एउटा मिर्गौला पूर्णरुपमा फेल भएको र अर्कोले पनि ७० प्रतिशतमात्रै काम गरेको छ ।

समाजका पूर्वमहासचिव किरण धमलाले समाजले स्थापनाकालदेखि नै समाजसेवी कामहरु गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि देशभरि आपत्विपद्, दुःख र पीडामा परेकाहरुलाई समाजले सहयोग गर्ने योजना रहेको जानकारी दिनुभयो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology