आइतवार, फाल्गुन ११, २०७६
बौद्ध धर्मावलम्बीले मनाए सम्यक दानपर्व - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

बौद्ध धर्मावलम्बीले मनाए सम्यक दानपर्व



भक्तपुर, १ माघ –  भक्तपुरमा ३५० वर्षअघि अर्थात् नेपाल संवत् विसं ७८७ भन्दा अघिबाट शुरु भएको बौद्ध धर्मावलम्बीको सम्यक दानपर्व भव्यरूपमा मनाइएको छ ।

पाँच दीपकङ्रसहित अन्य स्वर्ण दीपङ्करका मूर्तिलाई स्थानीय थथुवहिमा विराजमान गराइ भक्तपुरको नियमित र ऐच्छिक सम्यक भोजन गराइ मनाइने सम्यक दानपर्व यहाँका बौद्ध धर्मावलम्बीले आज दिनभरि नै भव्यरूपमा यो पर्व मनाउने गर्दछन् ।

चतुब्रह्म महाविहारका बज्राचार्य जयरत्नले स्थापना गर्नुभएको यो पर्व भक्तपुरमा हरेक वर्ष माघ १ गते मकर सङ्क्रान्तिका अवसरमा मनाइने गरिन्छ । सम्यक दानमा परम्परागतरूपमा स्थापना भएका बौद्ध विहारमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु शाक्य र बज्राचार्य बन्धुलाई भोजन, अन्न दक्षिणा दिइएको थियो । भक्तपुर तथा उपत्यकाका विभिन्न स्थानबाट आएका वौद्ध धर्मावलम्बीले दान गरेको सम्यक महादान व्यवस्थापन समितिका देवचन्द्र बज्राचार्यले बताउनुभयो ।

भक्तपुरमा रहेको प्रमुख पाँच दीपङ्कर बुद्धको प्रतिमूर्तिलाई वर्षको दुईपटक सम्बन्धित विहारबाट बाहिर ल्याई जात्रा गर्ने प्रचलनअन्तर्गत सम्यक दान पर्वका दिन पाँच दीपङ्कर बुद्धका प्रतिमूर्ति विराजमान गराइएको उहाँले बताउनुभयो । काठमाडौँमा १२ वर्षको एकपटक स्वयम्भूको भुइँख्याल, ललितपुरमा पाँच वर्षमा एकपटक नागवहाल र भक्तपुरमा प्रत्येक वर्ष नियमितरुपमा यो पर्व मनाउँदै आएको छ ।

भक्तपुरमा प्रत्येक वर्ष नःपुखु (गुह्य पोखरी) को पश्चिम थथुवहिको परिसरमा रहेको भुइँख्यल क्षेत्रमा सम्यक भोजन दान गरिने चलन रहेको राजुमान बज्राचार्यले बताउनुभयो । धर्तीमा उब्जनी भएका सबै व्यञ्जन र विशेष परिकार बनाएर चढाउने तथा भिक्षादान परम्परा रहेको उहाँले बताउनुभयो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology