आइतवार, चैत्र २३, २०७६
धादिङमा बसले स्कुटरलाई ठक्कर दिँदा नायिका महिमा सिलवाल र बहिनिको मृत्यु - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

धादिङमा बसले स्कुटरलाई ठक्कर दिँदा नायिका महिमा सिलवाल र बहिनिको मृत्यु



धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बासमा गएराती स्कुटी र बस आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।

लामो समय देखि फिल्मी क्षेत्रमा लाग्दै आएकी महिमा सिलवाल र उनकी बहिनी सर्मिला सिलवालको दुघटनामा मृत्यु भएको हो ।

वा ९८ प ७०५८ नमबरको स्कुटि र लु २ ख १३५ नम्बरको बस एक आपसमा ठक्कर खाँदा स्कृटिमा सवार दुवै जनाको मृत्यु भएको हो । अभिनेत्री महिमा सिलवालको घटनास्थलमा र सर्मीलाको काठमाण्डौ ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी दिए ।

महिमा र सर्मिला बहिनीको ईगेजमेन्टमा चितवन जाँदै गर्दा गएराती उक्त दुर्घटना भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology