बिहिबार, फाल्गुन १५, २०७६
ट्राफिक सचेतना अब सारङ्गी धुनले - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

ट्राफिक सचेतना अब सारङ्गी धुनले



काठमाडौँ, १ फागुन – सचेतनाका आ आफ्नै तरिका हुन्छन् । ट्राफिक प्रहरीले ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न सारङ्गी धुनलाई साहारा बनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मनमोहक सारङ्गी धुनले जनचेतना फैलाउन शुरुआत गरेको छ ।

यसक्रममा महाशाखाले बुधबार नयाँ बानेश्वरमा ट्राफिक नियम सचेतनाको लागि ‘सारङ्गी धुन’ प्रयोग गरेको थियो । कार्यक्रममा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले गीत सङ्गीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुलाई व्यवहारमा लागू गर्न सजिलो हुने बताउनुभयो ।

साङ्गीतिक कार्यक्रममा ट्राफिक प्रहरी र कलाकार हेमराज गन्धर्व, बालाराम गन्धर्व र दिलबहादुर गन्धर्वलगायतले ‘मान्नै पर्ने ट्राफिक नियम, नमानेमा जान्छ है जीवन’ बोलको सचेतनामुलक गीत गाउनुभएको थियो ।

गीतको माध्यमबाट जेब्राक्रसिङ र आकाशेपुलको प्रयोग, सडक सङ्केतको पालना, मापसे गरी सवारी नहाक्न, तीव्र गति र लापरवाहीका साथ सवारी नचलाउन अनुरोधसमेत गरिएको थियो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले आगामी दिनमा अभियानलाई उपत्यकाका सबै चोकमा सञ्चालन गर्ने जानकारी दिनुभयो । सडक प्रयोगकर्ताले समेत ट्राफिक नियम पालना र सडक अनुशासनलाई जीवन पद्धतिका रुपमा लिने विश्वास महाशाखाले लिएको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology