बिहिबार, फाल्गुन १५, २०७६
मेलम्ची आयोजनाले दैनिक ३४ करोड लिटर पानी काठमाडौँ ल्याउन गर्यो अर्को सम्झौता - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

मेलम्ची आयोजनाले दैनिक ३४ करोड लिटर पानी काठमाडौँ ल्याउन गर्यो अर्को सम्झौता



काठमाडौं, फागुन १: मेलम्ची खानेपानी विकास समिति र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच याङ्ग्री–लार्के आयोजना सञ्चालन गर्ने बारेमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री र गाउँपालिकाका अध्यक्ष टासी लामाबीच स्थानीय समुदायका हितमा राखी आयोजना सञ्चालन गर्नेबारेमा सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा आयोजना प्रभावित क्षेत्र परिभाषित गर्नुपर्ने, आयोजना प्रभावित क्षेत्रबाट मेलम्ची विकास बोर्डमा प्रतिनिधित्व गराउनुपर्ने, गाउँपालिकाभित्र गरिने विकास निर्माणकार्य एकद्वार प्रणालीबाट गर्नुपर्ने उल्लेख छ ।

समितिका कार्यकारी निर्देशक खत्रीले आयोजना अघि बढाउन स्थानीय तहसँग समन्वय गर्नलाई समझदारीपत्रमा हस्ताक्षर गरिएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष लामाले आयोजना सञ्चालन गर्नुपूर्व स्थानीय सरकारको मागलाई सम्बोधन गर्नका लागि समितिसँग सहमति गरिएको बताउनुभयो ।

सो आयोजनाअन्तर्गत याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट १७ करोड लिटर गरी कूल ३४ करोड लिटर पानी दैनिक काठमाडौ ल्याइनेछ । मेलम्ची आयोजनापछि सरकारले सो आयोजना सञ्चालन गर्ने तयारी गरेको छ ।।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology