सोमवार, फाल्गुन ५, २०७६
धादिङमा छुट्टाछुट्टै दुर्घटनामा नायिका महिमा सिलवालसहित तीनको मृत्यु - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

धादिङमा छुट्टाछुट्टै दुर्घटनामा नायिका महिमा सिलवालसहित तीनको मृत्यु



धादिङ -धादिङको गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपलिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

 

बेनीघाट रोराङ गाउँपालिका–२ अर्चलेस्थित मलेखु ताल्ती सडकखण्डमा मलेखुबाट ताल्तीतर्फ जाँदै गरेको ना२ख ५०५७ नंको बसले सात वर्षीय प्रज्वल गुरुङलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । बालकको शव परीक्षणका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ । ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार बस चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

यसैगरी गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नंको बस र विपरीत दिशातर्फ जाँदै गरेको बा९८प ७०५८ नंको स्कुटर एकापसमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा स्कुटरमा सवार चितवन जिल्ला भरतपुर महानगरपालिका–१३ गीतानगर निवासी २२ वर्षीया शर्मिला सिलवाल र २० वर्षीया महिमा सिलवाल रहेका छन् ।

दर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरी पठाइएकामा घाइते महिमा सिलवालको उपचारको क्रममा मृत्यु भयो भने घाइते शर्मिला सिलवालको काठमाडौँस्थित ट्रमा सेन्टर उपचारका क्रममा मृत्यु भएको थियो । चितवन जिल्लामा बहिनीको ‘इन्गेजमेन्ट’मा जान लागेको बेला दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएकी महिमा कलाकार हुन् ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology