बिहिबार, फाल्गुन १५, २०७६
भ्यालेन्टाइन डेका दिन गरिएको प्रेम प्रस्ताव अस्विकार हुँदा प्रहरीले आफैंलाई गोली हाने ! - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

भ्यालेन्टाइन डेका दिन गरिएको प्रेम प्रस्ताव अस्विकार हुँदा प्रहरीले आफैंलाई गोली हाने !



सिन्धुलीः जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन्। महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानी गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन्।

स्रोतका अनुसार शुक्रबार प्रणय दिवसका दिन रायले सहकर्मी महिला प्रहरीलाई प्रेम प्रस्ताव गरेका थिए। ती महिला प्रहरीले उनको प्रेम प्रस्ताव अस्विकार गर्दा उनले आफैँलाई गोली प्रहार गरेका हुन्।

प्रेम प्रस्ताव अस्वीकार हुँदा रायले सँगै डिउटीमा रहेकी प्रहरी जवान २२ वर्षीया संगिता चौधरीको साथमा रहेको ३०३ राइफल खोसेर आफैँलाई गोली हानेका हुन्।

घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

“रायको पेटमा गोली लागेको र यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएका छौँ”, सिग्देलले भनिन्।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology