बुधबार, चैत्र २६, २०७६
कोरोना परीक्षणका लागि रसुवागढीमा स्थापना भएका संरचना स्थायी बनाइने - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

कोरोना परीक्षणका लागि रसुवागढीमा स्थापना भएका संरचना स्थायी बनाइने



रसुवा- कोरोना परीक्षणका लागि रसुवागढी नाकामा स्थापना भएको अस्थायी संरचनालाई बागमती प्रदेश सरकारले स्थायी हेल्थ डेस्क बनाउने भएको छ। रसुवागढी नाकाको अवलोकनपछि प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सीमा वारपार गर्ने मानिसहरूको चेकजाँचका लागि स्थायी हेल्थ डेस्क निर्माण गर्ने जानकारी दिएका हुन्।

नाकाबाट भित्रने मानिसहरूको प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि स्थायी हेल्थ डेस्क आवश्यक देखिएकाले प्रदेश सरकारले निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका हुन्।

हाल प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि अध्ययन थालेको समेत मन्त्री दुलालले जानकारी दिए। अबका केही हप्तामा स्थायी संरचना निर्माणको काम सुरु गरिने उनको भनाइ छ।हेल्थ डेस्क सञ्चालनका लागि प्रदेश अस्पतालबाट चिकित्सकसहितको टोली खटाउनले निर्णय प्रदेश सरकारले गरेको उनले जानकारी दिए।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology