बुधबार, चैत्र २६, २०७६
जर्मनीबाट आएका रसुवाको दुई जना काठमाडौंमा क्वारेन्टाइनमा बसे - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

जर्मनीबाट आएका रसुवाको दुई जना काठमाडौंमा क्वारेन्टाइनमा बसे



काठमाडौं – चैत ७ गते कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन् । सो विमानबाट आउनेमा ११ जना जिल्लाका रहेकामध्ये पाँचजना सम्पर्कमा आएको र सबैलाई प्रारम्भिक स्वास्थ्यजाँचपछि क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।

अन्य ६ जनाको खोजी भइरहेको जिल्ला प्रशासनले जनाएको छ । सम्पर्कमा आएका पाँचै जनाको अवस्था सामान्य छ । सोही विमानबाट आएकी एक युवतीमा कोभिड–१९ पुष्टि भएपछि अन्य यात्रीको खोजी तीव रुपमा थालिएको हो । यसअघि भारतको कोलकाताबाट फर्केका पाँच जना पनि बर्दिवासमा आआफ्नै घरमा क्वारेन्टाइनमा रहेका छन् ।

यसैगरी यही चैत ४ गते कतार एयरवेज बाट नेपाल आएका रसुवाका दुई जना नागरिक सेल्फ क्वारेन्टाइनमा बसेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार उनीहरू काठमाडौंमा आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् । उनीहरू रसुवा गएका छैनन् भने उनीहरूसँग निरन्तर सम्पर्क भइरहेको उहाँले बताउनुभयो ।-

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology