बुधबार, चैत्र २६, २०७६
वागमती प्रदेश सरकारद्वारा १० करोडको आपतकालीन कोष स्थापना - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

वागमती प्रदेश सरकारद्वारा १० करोडको आपतकालीन कोष स्थापना



हेटौंडा – वागमती प्रदेश सरकारले कोरोना भाइरस उपचार कोष स्थापना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले १० करोडको आपतकालीन कोष स्थापना गरेको हो ।

सरकारले कोषमा रकम जम्मा गर्न सर्वसाधारणलाई समेत आह्वान गरेको छ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि विशेष अभियान सञ्चालनका लागि कोषको स्थापना गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए।

मंगलबारकै बैठकमा प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बताए। कोषमा रोहनी हाउजिङले एक लाख रुपैयाँ सहयोग गरेको छ।

प्रदेश प्रमुख विष्णुप्रसाद सेढाईले संघीय सरकारले स्थापना गरेको कोरोना भाइरस महामारी विरुद्धको सरकारी कोषमा एक महिनाको तलब बराबरको रकम सहयोग गर्ने घोषणा गरेका छन्।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology