आइतवार, भदौ १, २०७६
जिल्ला लिग प्रतियोगिताको उपाधि ‘नुवाकोट युनाइटेड फुटवल क्लबलाई’ -

जिल्ला लिग प्रतियोगिताको उपाधि ‘नुवाकोट युनाइटेड फुटवल क्लबलाई’



नुवाकोट – नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिताको फाईनलमा नुवाकोट युनाइटेड फुटवल क्लब विजयी भएको छ ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको मैदान बट्टारमा आज सम्पन्न खेलमा देविघाट जालपा क्लबलाई ५–२ को गोल अन्तरले पराजित गर्दे नुवाकोट युनाइटेड फुटवल क्लबले उपाधी चुमेको हो । नुवाकोट युनाईटेडलाई उपाधि दिलाउन भत्त वहादुर रिमाल र आकाश रानाले समान २२ गोल गरे भने सन्तोष थापाले एक गोल गरे । त्यस्तै देविघाट जालपा क्लबको तर्फबाट रञ्जित गुरुङ र मनिष मगरले एकएक गोल गरे ।

प्रतियोगिताको उपाधि जितेको नुवाकोट युनाइटेड फुटवल क्लबले ३० हजार रुपैयाँ, कप,मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता भएको देविघाट जालपा क्लबले १५ हजार रुपैयाँ, कप,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा नुवाकोट युनाइटेड फुटवल क्लबका आकाश राना सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपरमा सरोज कुमाल र उदयीमान खेलाडी भत्तबहादुर रिमाल घोषित भए भने उत्कृष्ट खेलाडी देविघाट जालपा क्लबका शुसान्त तामाङ घोषित भए । उनीहरु सबैले समान तीन-तीन हजार रुपैयाँ, शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

नुवाकोट फुटवल संघले आयोजना गरेको प्रतियोगितामा १८ क्लबले सहभागिता जनाएका थिए । प्रतियोगिताको उपाधि जितेको नुवाकोट युनाइटेड फुटवल क्लबले प्रदेशस्तरीय लिगमा सहभागिता जनाउनेछ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology