आइतवार, भदौ १, २०७६
सन्दिप लामिछानेले पाए अमेरिकाको भिषा -

सन्दिप लामिछानेले पाए अमेरिकाको भिषा



काठमाण्डौ – नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई अमेरिकाले भिषा दिएको छ ।

क्यारेवियन प्रिमियर लिग खेल्ने तयारीमा रहेका नेपाली लेग स्पिनर लामिछानेलाई शुरुमा भिषा दिना इन्कार गरेको थियो ।

सिपीएल खेल्न जानका लागि सन्दिपले मंगलबार विहान अमेरीकी दुताबासमा अन्तवार्ता दिएका थिए । तर उनलाई कुनै कारण विना नै भिषाको लागि अस्विकृत गरेको थियो । त्यसपछि उनले प्रधानमन्त्री केपी शर्मा वली र अमेरिकी दुतावासलाइ मेन्सन गर्दै अमेरिकाले भिसा नदिएको उल्लेख गरेका हुन् ।

२० वर्षिय संदिपले आफुले सन २०१६ देखी विश्वका विभिन्न लिगमा नेपालको प्रतिनिधित्व गरिरहेको र एउटा राष्ट्रिय खेलाडीलाइ अमेरिकाले भिसा नदिएकोमा अचम्म लागेको उल्लेख गरेका छन ।

भर्खरै क्यानडामा ग्लोबल टि ट्वान्टी खेलेर फर्किएका संदिप अर्को बैदेशिक लिग खेल्न जान लागेका हुन् ।

उनले आफुलाई भिषा नदिएको ट्विटरमा राखेपछि दुतावासको तिब्र आलोचना भएको थियो । तर पछि बोलाएर भिषा दिएको हो। केहि असमझदारीका कारण उनलाई पहिलो पटक रिजेक्ट गरेको स्रोतले बतायो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology