बिहिबार, फाल्गुन १५, २०७६
राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न



काठमाडौँ – छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौँको टुँडिखेलमा शुक्रबार भएको उक्त प्रतियोगिताको हाइजम्पतर्फ खिलध्वज खड्का पहिलो, रामबहादुर दाहाल दोस्रो तथा सविनकुमार पोखरेल तेस्रो हुनुभयो । यस्तै शो जम्पतर्फ योगबहादुर बस्नेत पहिलो, लालबहादुर कुँवर दोस्रो र रामबहादुर दाहाल तेस्रो हुनुभयो । प्रतियोगिताको टेन पेकिङतर्फ रुद्रबहादुर कार्की पहिलो, गोविन्दबहादुर खड्का दोस्रो तथा लक्ष्मण तेस्रो हुनुभयो । उहाँहरुले जनही रु २० हजार, रु १५ हजार तथा रु १० हजार पुरस्कार प्राप्त गर्नुभयो ।

प्रदर्शन खेलअन्तर्गत महिला राइडरलाई प्रोत्साहनवापत जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत हुनेमा हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठ रहनुभएको छ । प्रतियोगितामा २६ राइडरको सहभागिता थियो । नेपाली सेना र राष्ट्रिय खेलकूद परिषद्ले प्रतियोगिता सञ्चालन गर्न सहयोग गरेको आयोजक सङ्घका अध्यक्ष रवि राजकर्णिकारले जानकारी दिनुभयो ।

यस्तै कतार एयरवेज, लिओन मोटर्स, टिभिएस मोटर्सलगायतले प्रतियोगिताको प्रायोजन गरेका थिए । विजेता खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गर्नुभयो । घोडचढी हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्म मात्र सीमित रहेकाले जनस्तरमा यस खेललाई लैजान प्रतियोगिता आयोजना गरिएको अध्यक्ष राजकर्णिकारले बताउनुभयो ।

आविष्कार केन्द्रलाई खेलकूद सहकारीको सहयोग

खेलकूद बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । सहकारीको १०औँ वार्षिक साधारणसभाको उद्घाटन अवसरमा राष्ट्रिय खेलकूद परिषद्का निमित्त सदस्यसचिव राजेशकुमार गुरुङले संस्थाका अध्यक्ष महावीर पुनलाई रु ५० हजार हस्तान्तरण गर्नुभएको हो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology