सोमवार, फाल्गुन ५, २०७६
प्रदेशस्तरीय पुरुष भलिबल आजदेखि शुरु, नुवाकोटसहित ११ जिल्लाका खेलाडी सहभागी - नुवाकोट एक्स्प्रेस : मोफसलकै लोकप्रीय डिजिटल एक्स्प्रेस

प्रदेशस्तरीय पुरुष भलिबल आजदेखि शुरु, नुवाकोटसहित ११ जिल्लाका खेलाडी सहभागी



सिन्धुपाल्चोक – जिल्लाकै ठूलो धन राशिको पुरस्कार भएको ‘प्रथम भदौरे गणेश कप’ पुरुष भलिबल प्रतियोगिता सिन्धुपाल्चोकको सानो सिरुबारीमा आजदेखि शुरु भएको छ । भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग पु¥याउने उद्देश्य राखी काठमाडौँ र रसुवाबाहेक ११ जिल्लाका ११ टिमले भाग लिएको प्रतियोगितामा प्रथम हुने टिमलाई रु २ लाख २ हजार २० र दोस्रो हुने टिमलाई रु १ लाख १ हजार १० प्रदान गरिनेछ ।

प्रतियोगिताको फाइनल माघ १ गते हुने आयोजक भदौरे गणेश सामाजिक संस्थाका अध्यक्ष रविन गौतमले जानकारी दिनुभयो । चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिंह तमाङले शुभारम्भ गर्नुभएको पहिलो दिन तीन टिमले भाग लिएका छन् । जसअनुसार आज भएको खेलमा मकवानपुरले भक्तपुर र चितवनले सिन्धुलीलाई सोझो सेटमा पराजित गरी विजयी भएका छन् ।

त्यसैगरी दोलखा र ललितपुरबीच भएको खेलमा ललितपुरले दोलखालाई सोझो सेटमा पराजित गरेको छ । आजको खेलमा मकवानपुरका बलराम सुवेदी, चितवनका ओमबहादुर कार्की र ललितपुरका सुनिल विक म्यान अफ द म्याच घोषित भएका छन् । आइतबारदेखि खेल दोलखा र ललितपुर, सिन्धुपाल्चोक र मकवानपुर, रामेछाप र नुवाकोट, चितवन र काभ्रे, दोलखा र धादिङ तथा भक्तपुर र सिन्धुपाल्चोकका बीच पाँच खेल हुने आयोजकले जनाएको छ ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    नुवाकोट एक्सप्रेस डटकमको लागी
    सम्पादक: उमेश खनाल
    संवाददाता: असिमदोर्जे तामाङ
    संवाददाता: समिक भण्डारी
    संवाददाता: प्रविण थपलिया
    संवाददाता: उषा रेग्मी 
    संवाददाता: हरी भेटुवाल
    बिज्ञापन र समाचारको लागी सम्पर्क: 9849295617, 9808953040
    प्रेस काउन्सिल सुचिकृत नम्बर : ८२० / ०७५ / ०७६
    सूचना तथा प्रशारण विभाग दर्ता नम्बर:  १०९९ / ०७५ / ०७६
    ईमेल- [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology