आइतवार, भदौ १, २०७६
ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधनमाथि गम्भिर छलफल -

ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधनमाथि गम्भिर छलफल



काठमाण्डौ – प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ (पहिलो संशोधन) माथि दफावार छलफल शुरु भएको छ ।

उक्त मितिको आज सिंहदरबारमा बसेको बैठकमा ज्येष्ठ नागरिकको परिभाषा, उनीहरुको सुरक्षा र ज्येष्ठ नागरिकका लागि आवश्यक व्यवस्थाका सम्बन्धमा दफाबार छलफल शुरु भएको हो ।

छलफलमा ज्येष्ठ नागरिकको परिभाषामा ७० वर्षमाथिका लाई वरिष्ठ र ८० वर्षमाथिकालाई अतिवरिष्ठ बनाउने गरीे अनुमोदन गरिएको समितिका सभापति निरुदेवी पालले जानकारी दिनुभयो ।

सो बैठकमा छोरीका छोरा वा छोरीलाई पनि परिवारकै सदस्यका रुपमा लिइनुपर्ने भनी राष्ट्रियसभाबाट आएको प्रस्तावलाई समितिले स्वीकृत गरेको छ ।

सांसदहरु दिवयमणि राजभण्डारी, उमा रेग्मी, लक्ष्मणलाल कर्ण, एकवाल मियाँलगायतले आफ्ना बुबाआमालाई सन्तानको कमाइको दश प्रतिशत छुट्याउनुपर्ने, उनीहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइनुपर्नेलगायत विषयलाई विधेयकमा समेटिनुपर्र्नेेे धारणा व्यक्त गर्नुभएको थियो ।

    हाम्रो टिम

    हाम्रो बारेमा

    सम्पादक: उमेश खनाल
    [email protected]

Subscribe

© copyright 2019 and all right reserved to Nuwakot Express | Site By : SobizTrend Technology